पर्सा, १७ मंसिर । जेसिभि कम्पनी नेपालले कृषकको १० लाख रुपैया ठगेको उजागर भएको छ । कृषक संग १० लाख रुपैया असुल गरी जेसिभि दिएपनि जेसिभि धनिलाई केही जानकारी नै नगराई अर्कै कृषकलाई बिक्र बितरण गरिएको कारण १० लाख रुपैया ठगि गरेको रहस्य खुलेको हो ।
वीरगंज महानगरपालिका भित्र रहेको जेसिभि कम्पनीले उपभोक्तालाई ठगि गर्दै आएको रहस्य खुले पश्चात जेसिभि लिने ग्राहकहरु माथि नै गुन्डा लगाउने गरेको रहस्य खुलेको छ । जेसिभि लिन अगाडी हाम्रा कम्पनीको जेसिभि राम्रो सुव्यवस्था गरेको र बिभिन्न किसिमको सेवा सुबिधा बताउदै बिक्रि बितरण गरेको ठगिएका कृषक महेन्द्र प्रसाद चौहानले बताउनु भयो । उहाका अनुसार बिश्व व्यापी फैलिएको कोरोना भाइरसले गर्दा देशमा लक डाउन लागेको स्थित थियो तर लक डाउन लागेको केही दिन अगाडी मात्र आफुलाई बिभिन्न किसिमको योजनामा छुट हुने भन्दै जेसिभि कम्पनीले आफु संग १० लाख रुपैया लिएको बताउनु भयो । कृषक महेन्द्र प्रसाद चौहानले आफुले जेसिभि लिनासाथ देश नै लक डाउनको संघारमा पुगेको बताउनु भयो । यस बिषयमा पटक पटक जेसिभि कम्पनीमा सम्पर्क गरि रहदापनि आफ्नो जेसिभि मेसिन कम्पनीले अर्कै संग बिक्रि बितरण गरेको बताउनु भयो । जेसिभि कम्पनीले गुन्डा लगाइ आफ्नो रकम पचाउन प्रयास गरेको उनले आरोप लगाउनु भयो । कृषक चौहानले जेसिभि कम्पनीले गुन्डा लगाई आफ्नो रकम पचाउन प्रयास गरेको बताउनु भयो ।
स्थानीय सुशिल श्रेष्ठका अनुसार जेसिभि कम्पनीले आफ्नो मेसिन बिक्रि बितरण गर्ने बेला अर्कै व्यवहार र बिक्रि बितरण भइसके पश्चात अर्कै किसिमको व्यवहार गर्ने गरेको बताए । उनका अनुसार जेसिभि किन्दा २ महिनाको बैंकको किस्त मिनाहा गर्ने प्रलोभन दिएर जेसिभि मेसिन बिक्रि बितरण गरिएको बताउनु भयो । फाल्गुन महिनामा लिएको जेसिभि मेसिन १ महिना नबित्दै देश लक डाउनमा गएपनि कम्पनीको कर्मचारीहरु जेसीभी तानेर लगिएको बताए । उनका अनुसार देश लक डाउनको अवस्थामा भएपनि कृषकले जसरी तसरी रकमको व्यवस्था गरी कम्पनीमा पुग्दा कम्पनीले अर्कै संग बिक्रि बितरण गरेको बताए ।
जेसिभि कम्पनीले ग्राहक संगको कार्य राम्रो नदेखिएको शिव पटेलले जानकारी दिनुभयो । उहाले एक त मुलुक लगायत बिश्व व्यापी फैलिएको कोरोना भाइरसको माहोलमा आ आफ्नो सुरक्षा आफै गर्दै ९ महिना बिताए । तर जेसिभि कम्पनीले कृषक प्रतिको हेर्ने दृष्टिकोणमा फरक देखिएको बताउनु भयो । जेसिभि कम्पनीले कृषक प्रतिको हेर्ने दृष्टिकोण गलत रहेको ठोकुवा गर्दै यस्तै गलत रवैया कम्पनीहरुले देखाए कृषकहरु डुबेर जाने नेता शिव पटेलले बताउनु भयो ।
जेसिभि कम्पनीले गरेको काम कर्तुतको बिषयमा यस अन्लाईनका सहकर्मी दिपक चौरसिया घटना स्थल पुग्दा कम्पनीले गुन्डा लगाई समाचार रोक्न प्रयास समेत गरेका थिए । जेसिभि कम्पनीका म्यानेजर शिव दासले गुन्डागर्दी शैलीमा केमरा बन्द गराउनुको साथै दुव्र्यहार समेत गरेका थिए ।
समाचार संकलन गर्ने पत्रकारहरु रकममा बिक्रि बितरण हुने गरेको आक्रोष व्यक्त गर्दै गुन्डाहरुले पत्रकार लगायत कृषकहरु माथि जाइ लागेको प्रष्ट भएको छ ।सञ्चारकर्मीमाथि दुरव्यवहार गर्ने प्रयासले उनीहरुले कृषकमाथि गर्ने मनोमानी स्पष्ट देखिन्छ ।