तनहुँमा पुल उद्घाटन गर्न पुगेका काँग्रेस नेता रामचन्द्र पौडेललाई प्रहरीद्धारा गिराफ्तार ( भिडियो सहित )
मंसीर १७ तनहुँ । तनहुँमा पुल उद्घाटन गर्न पुगेका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । ब्यास नगरपालिका सालघारीमा निर्माण हुन लागेको पुल उद्घाटनको बिषयमा तनाव भए पछि निषेधाज्ञा जारी गरिएको थियो । नेकपा र काँग्रेसका कार्यकर्ताबीच झडपको स्थिति बनेको प्रहरीले जनाएको छ । .
त्याहाँ दुई पक्षबीच झडप भएर थप दुर्घटना नहोस् भनेर पौडेलको सुरक्षाका लागि नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ ।
अहिले पनि संभावित झडप रोक्न प्रयास भईरहेको प्रहरीले जनाएको छ । तनहुँ ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline