‘पश्चिम बङ्गगाल र इन्डोनेसियाका कम्युनिस्टहरुको झै स्थिति ब्यहोर्न तयार होऔं’

‘पश्चिम बङ्गगाल र इन्डोनेसियाका कम्युनिस्टहरुको झै स्थिति ब्यहोर्न तयार होऔं’

  • मङ्लबार, मंसिर १६, २०७७
  • -स्वरुप सुयाल

  • 12.9K
    SHARES

दुनियाँमा बैज्ञानिक तथ्य र सत्यको जतिसुकै बदख्वाइ गरेपनी समय इतिहास र पुस्ताले सहि सबित गरि दिनेनैछ।मान्छेको सिमा र कमजोरीहरु हुन सक्छन् तर हर मान्छेको सकारात्मक चिजलाई ग्रहण गर्दै कमजोरीहरु सच्याउदै अधि बढनु नै सहि बाटो हो।मान्छे भित्रको गलत चिजलाई सकारात्मक चिजले जित्छ भने समाजमा त्यस्ता मान्छेलाई सहि मान्छे राम्रो मान्छे हो भनी बुझ्नुपर्छ।नेपाली राजनीतिमा केपि ओलिले लिएको युगिन राष्ट्रवादी अडान र कुशल नेतृत्वलाई तपाई हामी जोकोहीले नचाहे पनि इतिहासले सहि प्रमाणीत गरिरहेकोछ।
संविधान निर्माणमा अगुवाइ,नाकाबन्दीको विरोध र कुटनैतिक ढङ्गले समाधान,जातीय–क्षेत्रीय अतिवादको प्रतिवाद र राष्ट्रिय एकताको सुदृढीकरण,नेपालको राष्ट्रिय स्वाभिमानको रक्षाको नेतृत्व,तत्कालीन नेकपा एमालेलाई निर्वाचनमा सबैभन्दा ठूलो पार्टीका रुपमा कुशल नेतृत्व,पार्टी एकीकरण र दुई तिहाइ बहुमतको सरकार निर्माण लगायतको ऐतिहासिक काम केपि ओलिको नेतृत्व र पहलकदमीले सम्भब भएको देश दुनियाँले बुझेको बिसयहरु हुन।अझै मदन भन्डारिको कम्युनिस्ट आन्दोलनको मौलिक सिद्धान्तको अनुयायी भएको नाताले केपि ओलिले जीवनभरि समाजमा पनि र पार्टीभित्र पनि लोकतान्त्रिकरणको पैरवी गर्दै आउनु सैद्धान्तिक(बैचारिक निष्ठा भएको नेता सबित समेत भएका छन।
एमाले(माओवादी पार्टी एकता पछि मुलुकमा राजनीतिक स्थिरता र समृद्धिको कामना गरिएको थियो।तर पार्टी भित्रबाटै गुटबन्दीको अवसरबादी सन्जाल निर्माण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन सहयोद्दाहरुले नै भुमिका निर्वाह गरिरहेका छन।मुल्य,मान्यता,नीति सिद्धान्त र बिचारलाई कुनै महत्त्व दिएर होइन कि अवसर,पद,भागबन्डाको मुद्दाले कम्युनिस्ट आन्दोलनलाई नै रनभुल्लमा पार्नेगरी नेकपा भित्र समस्या सिर्जना गरियो।
पार्टीमा ३० वर्षे नेतृत्व गरेका नेताले मेरो कारण सहयोद्धा साथीहरु अत्यन्त पीडाका साथ पार्टी किन छाडे१पार्टी पटक–पटक किन विभाजित भयो।पार्टीमा आफ्नो तजबिजका भरमा कुनै बेला कमिटी दुई अङ्कमा अनि तुरुन्तै ४ हजार सदस्यीय बनाउदा कुन सिद्धान्त भुलियो।सङै लडेका योद्धा आरामको जिन्दगी कोहि दुई छाक टार्न रोइकराइ गर्नुपर्ने अवस्थामा किन ध्यान दिन सकिएन जस्ता ऐतिहासिक कमजोरीहरुबाट सच्चिन छाडेर जसरी हुन्छ पार्टी र सरकारको नेतृत्व हत्याउने प्रपन्चमा लाग्दा राजनीति देखेर नेपाली जनसमुदाय दिक्क बन्नुपरेकोछ।पार्टी एकता टुङ्गोमा नपुग्दै गुट र घेराबन्दीबाट बहुमतको दम्भका नाममा एकताको भावना,मर्म बिपरित सत्तालिप्सा पाल्नु पार्टी एकता बिपरित कार्य हो।
नेकपामा आजको दिनमा बिधान बिधि पद्धति भन्दापनी गुटबन्दीको नजरबाट बैठक बस्ने ,एजेन्डाहरु उठने गरेकोछ।पछिल्लो अवस्थामा सचिवालय बैठकमा पहिलो अध्यक्ष एवं प्रधानमन्त्री विरुद्ध एउटा कम्युनिस्ट पार्टीको बैठकमा पेस गरिने प्रस्ताव भन्दा पनी आरोप र कपोकल्पित भ्रामक मिथ्याहरुको सङ्गालो दोस्रो अध्यक्षले पेस गरेपछी पार्टीको एकता आन्दोलन र भावी राजनीति के होला सबै कार्यकर्तामा चिन्ता उठेकोछ।अहिले नेकपाको माथिल्लो नेताहरुले मेरो आफ्नो गल्ति होइन गल्तित अर्काकै हो भन्ने तराजु समाती बसेका छन।यो त नेकपाको ओरालो लागेको दिनको एउटा पुर्व संकेत समेत हो।पार्टीको बैठक बिधानमै टेकेर बस्नु पर्दछ।पार्टी एकता पछि सहमतिमै प्रस्ताव बन्ने र निर्णय हुने बिधानत ब्यबस्था भएपछि एउटा कोठामा पाँच पाण्डव भेला भएर आफुखुसी अराजनीतिक प्रस्ताव पेस गर्ने बिधानमा कहाँ छरुस्पस्ट ब्यबस्था बिधानमै छ कि नेकपामा दुई अध्यक्षको सहमतिमा बैठकको एजेन्डा तयार गर्ने र महासचिवले बैठक आव्हान गर्ने हो।अर्कोतिर अध्यक्ष एवं प्रधानमन्त्रीले अबको नेतृत्व युवाको हातमा हुनेछ भनेर महान बिचार ब्यक्त गरिसकेपछी पनि नेकपाका युबा युस्ता नेतृत्व लिने तयारी गरि हस्तक्षेपकारी भुमिकामा नआउनुले युबा नेताहरु सामाजिक संजाल र भाषणमा ठुला गफ दिने तर वास्तविकतामा त्यही बुढा नेताको फेरो समातेर मात्र उभिन सक्ने खालको पानी मरुवा अवस्थामा रहेछन भन्ने भान हुन्छ।
एउटा जिवन्त कम्युनिस्ट पार्टीमा माथि देखि तल सम्म फलामे अनुशासन हुनुपर्छ।आज नेकपाको हरेक तहमा त्यसको अभाबको कारण नेताहरुको ओज र गरिमा खुइलिदै गएको छ।सबै अनुशासनमा बाधिने मेकानिजम तयार गर्न ढिला भईसकेकोछ।नत्र पाटी अस्तब्यस्त र भिडतन्त्रमा जान सक्छ।एकताको महाधिवेशनबाट एकतालाइ पूर्णतामा पुर्याउँदै नेतृत्व लिन जोकोहीलाई कसैले रोक्न सक्दैन।तर एकता नटुङ्गिगदै सत्ता र शक्तिको मातमा उम्लेर गरिने दम्भले कसैको हित गर्दैन।लामो समयको राजनीतिक अस्थिरतापछी नेकपालाई नेपाली जनताले लगभग दुई तिहाइको जनमत दिएको यस्तै छिनाझम्टी र नेताहरुको झैझगडा देख्नलाई होइन थियो।सुखी नेपाली समृद्ध नेपालको खाका कोरेर नेपाली समाजलाई अगाडि बढाउन छाडेर केवल सत्ता र पदको रोइलो प्रदर्सन गर्दै बसेर नेकपाको नामना अर्को चुनाबमा जनता बिचमा मत माग्न जाने बाटो नै हुनेछैन।
अत अबको निकास भनेकै पहिलो तहका नेताहरुले राजनीतिक भोक र अभिलाषाको मन तोडेर आरामको जिन्दगी जिउनुमा छ।नेकपामा प्राविधिक विषयहरु मिलाएर ५-७ महिना भित्र महाधिवेशन गरेर कम्तीमा सचिवालय स्तरका नेताहरुले अवकाश लिएर दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दा मात्रै कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टी प्रतिको जनमतलाइ बचाउन सकिन्छ।कुनै बेला ३५ लाख पार्टी सदस्यता भएको इन्डोनेसियाको कम्युनिस्ट पार्टी आज आज गुगलमा मात्रै भेटिन्छ।अझै त्यहाँ कोहि इन्डोनेसियाका नागरिकले हसिया हथौड़ाको लाल झन्दा देखेभने च्यात्न चिथोर्न जान्छन।दुई दशक भारतको पश्चिम् बङ्गालमा शासन गरेको कम्युनिस्ट पार्टी जनताको चाहना आवस्यकता बुझ्न् नसक्दा र समय अनुकुल कम्युनिस्ट पार्टी आफै रुपान्तरण हुन नसक्दा चुनाब जित्नु परैको कुरा २ जना उम्मेदवारको पनि धरौटी बचाउ नसकिने अवस्थामा छन।
यसर्थ नेपालका कम्युनिस्टहरुलाइ अब मात्रै सुध्रिने मौका अझ भनौं त्यो पनि अन्तिम अवस्थाको रुपान्तरणको बाटो बाकी छ।अन्यथा हामीले पनी इन्डोनेसिया र पश्चिम् बाङ्गगालका कमरेडहरुले झै इतिहासको उपलब्धिलाई सम्झेर दिन काटनुपर्ने स्थिति ब्यहोर्न तयार होऔं।

(लेखक- अनेरास्ववियूका केन्द्रिय सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका युवानेता हुन।)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी