परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु

परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु

  • आइतवार, मंसिर १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

जाजरकोट मंसीर १४ । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का)को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक पुग्दै गर्दा एक्कासि बेहोस भएर उहाँ ढल्नुभएको थियो ।

बेहोस हुनुभएकी निज शिक्षिकालाई उपचारका लागि जोरायल गाउँपालिकाको रावतकट्टेमा रहेको जोरायल फार्मेसीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ । मृतक शाहु २०७६ वैशाखदेखि बालविकास सहजकर्ताका रुपमा सो विद्यालयमा कार्यरत रहनुभएको शिक्षक मीनबहादुर रोकायाले जानकारी दिनुभयो । उहाँका एक श्रीमान् र दुई छोरी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी