प्रचण्डलाई ओलीले भने, तपाईको दिमागमा जनयुद्धका घाईते, अपाङ्ग र शरीरमा गोली-छर्रा बोकेर हिँडेका साथीहरुको दुखान्त तस्वीर आँउछ ? ( पूर्ण पाठ सहित )

प्रचण्डलाई ओलीले भने, तपाईको दिमागमा जनयुद्धका घाईते, अपाङ्ग र शरीरमा गोली-छर्रा बोकेर हिँडेका साथीहरुको दुखान्त तस्वीर आँउछ ? ( पूर्ण पाठ सहित )

  • शनिबार, मंसिर १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

मसीर १३ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठककमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले प्रतिवेदनमा लगाएका आरोपहरुको खण्डन गरेका छन् । आजको बैठकमा ओलीले ३८ पृष्ट लामो प्रतिवेदनमा ५३ बुदामा प्रचण्डले उठाएका प्रश्नको जवाफ दिएका छन् ।
ओलीले प्रचण्डले ल्याएको प्रतिवेदन खारेजयोग्य रहेको भन्दै यो प्रस्ताव नभएर अभियोग पत्र मात्र रहेको बताएका छन् । उनले प्रचण्डले पार्टी भित्र बाहेकका भ्रष्टाचार, न्यायलयसगँ सम्बन्धित कुरामा लगाएका आरोपहरु राजनीतिक मात्र नभएकाले यसलाई प्रमाणित गर्न चुनौती दिएका छन् । यदी त्यो प्रमाणित भए आफू कार्बाही सहन तयार हुने तर नभए जवाफदेही हुन तयार हुन पनि ओलीको चेतावनी छ ।
शालिन भाषामै श्रृखलावद्ध जवाफ दिएका ओलीले प्रचण्डको भूमिका अस्थीरतामा रम्ने खालको हो कि भन्ने शंका व्यक्त गरेका छन् । उनले प्रचण्डले विभिन्न नियुक्तिमा सिफारीस गर्दा नातागोतालाई मात्र गर्ने गरेको तर्फ लक्षित गर्दै युद्धका घाईतेको शरीरमा गोली र छर्रा बोकेर हिँडेका साथीहरुको दुखान्त तस्वीर आउछ ? उनीहरुको राहत र पुनस्थापनाका लागि के पहल गर्नु भएको छ ? भनी गंभीर प्रश्न पनि उठाएका छन् । अन्ततः ओलीले प्रचण्डकाको प्रस्तावलाई खारेज गर्न र छिटो महाधिवेशन गर्न अपील गरेका छन् ।
ओलीले अब पार्टी नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रस्ताव गर्दै त्यसो तयार भए आफू यही दस्तावेजलाई औपचारीक घोषणा मान्न तयार हुने पनि बताएका छन् ।
ओलीले बैठकमा पेश गरेका प्रतिवेदनको पूर्ण पाठः

https://www.mirmireonline.com/wp-content/uploads/2020/11/My-Response_PM.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी