माइतीघरदेखि तीनकुनेसम्मका ५१ वटा साइनबोर्ड महानरपालिकाले हटाइदियो

माइतीघरदेखि तीनकुनेसम्मका ५१ वटा साइनबोर्ड महानरपालिकाले हटाइदियो

  • बुधबार, मंसिर १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्मका सडक, आइल्याण्ड र बिजुलीको पोलमा नेपाल टेलिकम र कृषि विकास बैङ्कले राखेका ५१ वटा विज्ञपन बोर्ड हटाई दिएको छ । ट्राफिक आइल्याण्ड मर्मत, सम्भार तथा व्यवस्थापन र हरियाली प्रबर्धनका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत बिभिन्न पक्षसँग गरेका सहमति कार्यान्वयनमा नआएपछि काठमाडौं महानगरले ती विज्ञापन बोर्ड हटाइ दिएको हो ।
माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने जिम्मेवारी कृषि विकास बैंङ्कले लिएको थियो । मण्डला क्षेत्रको व्यवस्थापन बैङ्कलाई दिने बिषयमा महानगरले गएको मंसिर ८ गते नै निर्णय गरेको थियो ।
माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डका डिभाइडरको व्यवस्थापन भने नेपाल टेलिकमले गर्दै आएको थियो । गत चैत ४ मा माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने सम्झौतापत्रमा महानगरकातर्फबाट तत्कालिन सहसचिव राजेश्वर ज्ञवाली र बैंक तर्फबाट कायममुकायम उपमहाप्रबन्धक धु्रबचन्द्र गौत्तमले हस्ताक्षर गर्नुभएको थियो ।
बैङ्कले महानगरले उपलब्ध गराएको डिजाईन अनुसार बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसमअनुसारका फूलका बोट र विरुवाहरु लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह, रेखदेख गर्ने दायित्व पूरा गर्ने बताएको थियो ।


सम्झौताबमोजिम भइरहेको भौतिक संरचना वा डिजाइनमा कुनै फेरवदल नगरी आपसी सहमतिमा थप संरचनाहरु निर्माण गर्न सकिनेछ उल्लेख गरिएको थियो । ५ बर्षका लागि गरिएको सम्झौताअनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैंक आफैंले व्यहोर्ने र उक्त क्षेत्रमा बैंकले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्ने उल्लेख गरिएको थियो ।
माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डमा सम्झौताको पालना गरी नेपाल टेलिकमले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्ने सम्झौता भएको थियो । तर, दुबै संस्थालाई पटक–पटक आग्रह गर्दा पनि सम्झौता अनुसार काम गर्न आनाकानी गरेपछि बाध्य भएर साइनबोर्ड हटाएको महानगरपालिकाले जानकारी दिएको छ ।
सम्झौता अनुसार व्यवस्थापन र मर्मत सम्हारमा ध्यान नदिने तर बिज्ञापन राख्नमा मात्रै ध्यान दिएपछि महानगरपालिका आफैँले ती स्थानको सौन्दर्य निर्माण र संरक्षण गर्ने तयारी गरेको महानपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।
‘रात्रीकालीन सहरी सौन्दर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि महानगरपालिकाले माइतीघर मण्डला क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरिसकेको छ । उहाँहरुले चासो नदेखाएपछि महानगरपालिका आफैले माइतीघर मण्डलालाई व्यवस्थित र आकर्षक बनाउने कार्यक्रम अघि बढाएको हो,’ प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भन्नुभयो, ‘धार्मिक तथा पर्यटकीय स्थल र सम्पदा सूचीमा रहेका स्थानहरुमा क्रमशः यस्ता बत्ती जडान गर्दै जाने योजनामा रहेका छौँ ।


नगर प्रहरी प्रमुख धनपती सापकोटाले पनि ठाउँ लिएर बिज्ञापन गर्ने तर आवश्यकता अनुसारको काम नगर्ने प्रवृत्ति हावी भएको भन्दै महानगरको मापदण्ड विपरीत राखिएका ती बोर्ड हटाएको जानकारी दिनुभयो ।
‘सम्झौता अनुसार काम अघि नबढेपछि माइतीघरदेखि तीनकुनेसम्मका सडक, आइल्याण्ड र बिजुलीको पोलमा राखिएका ५१ वटा साइनबोर्ड नगरप्रहरीको सक्रियतामा क्रेन लगाएर हटाएको हो,’ नगरप्रहरी प्रमुख सापकोटाले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकासँग सम्झौतामा उल्लेख भएर अनुसार कार्य नगर्ने तर विभिन्न व्यापारिक प्रतिष्ठानले आफ्ना वस्तुहरूको प्रचार मात्रै गर्ने उद्देश्यले बिजुलीका पोल र आइल्याण्डमा राखेका साइनबोर्ड हटाई दिएका हौँ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी