बर्दिवासमा बलात्कार र हत्या गरिएकी बालिकाको न्यायका लागि भन्दै आन्दोलनमा उत्रिएका न्यौपानेको प्रहरीको गोलीबाट मृत्यु

बर्दिवासमा बलात्कार र हत्या गरिएकी बालिकाको न्यायका लागि भन्दै आन्दोलनमा उत्रिएका न्यौपानेको प्रहरीको गोलीबाट मृत्यु

  • बुधबार, मंसिर १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.7K
    SHARES

काठमाण्डौं मंसीर १० । बर्दिबासमा मंगलबार ६ वर्षीया बालिकाको अपहरण र बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएकाके छ । उनलाई उपचारका लागि हिजै काठमाण्डौंकाके ग्रान्डी अस्पतालमा ल्याईएको थियो ।

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय ६ बर्षीया गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो ।
पसलमा चकलेट किन्न गएकी बालीकालाई फकाएर अपहरण गरी बलात्कार पछि हत्या गरिएको स्थानीयको भनाई छ ।
शब सडकमा राखेर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो । जसबाट घाईते तीन जना मध्य न्यौपानेको मृत्यु भएको हो । अर्का घाईते श्याम कार्कीको भने उपचार भईरहेकको छ ।

बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ । उनले आफूले हत्या गरेको स्वीकाकर गरीसकेका छन् । आक्रोसित प्रदर्शनकारीले आरोपीतको पक्की घर समेत जलाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ