वागमती प्रदेशका सामाजिक विकास मन्त्री कक्षा १२ का परीक्षा दिदै गरेका बिद्यार्थीसगँ, स्वास्थ्य मापदण्डको अनुगमन

वागमती प्रदेशका सामाजिक विकास मन्त्री कक्षा १२ का परीक्षा दिदै गरेका बिद्यार्थीसगँ, स्वास्थ्य मापदण्डको अनुगमन

  • मङ्लबार, मंसिर ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.4K
    SHARES

मंसीर ९ हेटौडा । कोरोना भाईरस र्सक्रमरणको कारण गत बैशाखमा रोकिएको कक्षा १२ को परिक्षा आजबाट शुरु भएको छ । कोरोना कहर, त्रास र पटक पटक परीक्षा हुने नहुने अन्यौलका बीच बिद्यार्थीहरुलाई परीक्षामा सामेल गराईएको छ । आज पहिलो दिन अनिवार्य अग्रेजी बिषयको परीक्षा सम्पन्न भएको छ ।
सामाजिक दुरी, मास्क तथा सेनिटाईजरको प्रयोग जस्ता कुराको व्यवस्था गरेर परीक्षा गर्न भन्दै सरकारले निर्देशन दिए पछि स्वास्थ्य डेस्क नै परीक्षा केन्द्रमा राखेर परीक्षा लिन शुरु भएको छ ।
लामो समय अलमलिएर परीक्षामा सामेल भएका बिद्यार्थीहरुको अवस्था बुझ्न र स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गर्न बागमती प्रदेश तीनका सामाजिक विकास मन्त्री युवराज दुलाल शरद आफै विद्यालयहरुमा पृुगेका छन् ।
मन्त्री दुलालले हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पस,हेटौडा स्कुलअफ म्यानेजमेन्ट,आधुनिक राष्ट्रिय माध्यमिक बिद्यालय र र्बश गोपाल माध्यमिक बिद्यालयमा संचालन भएको परिक्षाको अनुगमन गरेका छन् ।


अनुगमनकाक्रममा रोकिएको परिक्षा शुरु भएकोमा सबै बिद्यार्थीहरु उत्साहित भएको बताउदै अनलाईनबाट प्रश्नपत्र डाउनलोड गरी प्रिन्ट गरेर बितरण गर्नु पर्ने हुदा सबै ठाँउमा समयमानै परिक्षा र्सचालनगर्न कठिनाई रहेको मन्त्री दुलालले बताए ।
महामारीको कारण यसपाली होम सेन्टरमैबाट परिक्षादिने ब्यबस्था सरकारले मिलाएको छ । यसबर्ष देशभरका ४ लाख ३२ हजार ५ सय बिद्यार्थीहरु परिक्षामा संलग्न रहेको राष्ट्रिय परिक्षाबोर्डले जनाएको छ ।
देशभर ४ हजार बढी केन्द्रबाट चार लाख बढी बिद्यार्थीले कक्षा १२ को ४० प्रतिशत पूर्णाकंका लागि परीक्षा दिदै छन् । बिहान ८ बजे शुुरु हुने परीक्षा साढे ९ बजे पछि सकिन्छ । परीक्षा मंसीर १६ गते सकिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी