‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन, हिरोइनको खोजी जारी

‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन, हिरोइनको खोजी जारी

  • आइतवार, मंसिर ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

काठमाडौं,६ मंसिर । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नयाँ फिल्म ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । सस्पेन्स लभस्टोरी फिल्मबारे शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरि जानकारी दिइएको हो ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा आर्यन सिग्देल,सलोन बस्नेत,सुमन थापा,नागेन्द्र रिजाल,दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्नेछन् । फिल्मकी हिरोइन चयन भने बाँकी रहेको जनाइएको छ । लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नेछन् । त्यसैगरी ‘डिसेम्बर फल्स’ को छायांकन पनि भारतीय फिल्म उद्योगमा ब्यस्त रहेका छायांकार रबि नायडुले गर्नेछन् । कार्यकारी निर्माता लक्ष्मणले यसपाली अलि फरक तरिकाले काम गर्ने सोचअनुरुप निर्देशक र छायांकार बलिउडबाट चयन गरिएको जानकारी दिए ।
‘डिसेम्बर फल्स’ को कथा बिपीका खनालले लेखेकी हुन् । बिपीका पेशाले नर्स हुन् । कार्यक्रममा बिपीकाको जन्मदिनको अबसरमा निर्माण युनीटले बर्थ डे केक काटेको थियो । फिल्ममा बिरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका बिबिध घटना,समस्यासमेत समाबेश हुने बताइएको छ । फिल्मको पटकथा र सम्वाद भने केदार भुसालले तयार पारेका हुन् ।
आफूलाई फिल्मको स्क्रिप्ट एकदमै मन परेकाले अभिनय गर्न तयार भएको अभिनेता आर्यन सिग्देलले बताए । उनले भने,‘यो फिल्मको स्क्रिप्ट र युनीट निकै मन पर्यो । त्यसैले पहिलो मिटिङमै मैले ओके गरें ।’ कार्यक्रममा फिल्मका प्रस्तुतकर्ता रामप्रसादले आफूले बिगतमा निर्माण गरेका फिल्मभन्दा ‘डिसेम्बर फल्स’ बिल्कुलै नौलो हुने बिश्वास ब्यक्त गरे । त्यसैगरी, कार्यकारी निर्माता लक्ष्मणले उच्चकोटीको फिल्म निर्माण गर्नका लागि जस्तोसुकै परिस्थिति सामना गर्न पनि आफूहरु तयार रहेको बताए । ‘यसपाली अलि भिन्दै र एकदम उच्चकोटीको फिल्म निर्माण गर्ने प्रयास छ,’ उनले भने,‘त्यसकारण मैले यसपाली निर्देशन गरिनं ।’ उनले आफू यसपटक निर्माताको रुपमा एकदमै दत्तचित्तका साथ फिल्म निर्माणमा लागेको सुनाए । माघ ४ गतेदेखि सुटिङ थालिने फिल्मको निर्मातामा राजकुमार भट्ट छन् ।
चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न फिल्म निर्माण घोषणा कार्यक्रममा उनले ‘डिसेम्बर फल्स’ लाई सर्वाधिक सफलताको शुभकामना ब्यक्त गरे । अध्यक्ष दाहालले कोरोनाका कारण बन्द रहेको फिल्म हल खोल्नका लागि बोर्डले पहल गरिरहेको जानकारी दिदै केही सातामै हल खुल्ने बिश्वास ब्यक्त गरे ।
०७८ सालको साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको छ । फिल्म काठमाडौ र पोखरामा खिचीने बताइएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनले यसअघि वान डे, कसम, धुँवा यो नशा, कायरालगायतका फिल्म निर्माण गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी