काठमाडौं, ६ मंसिर ।
साहित्यकार उत्तर बहादुर खड्काको पहिलो उपन्यास हृदयकी रानी प्रकाशित भई बजारमा आईपुगेको छ । ग्रामिण परिवेश, किशोर अवस्थाको यौन मनोविज्ञान, अन्तरजातिय र बिधुवा बिवाहलाई हेर्ने सामाजीक दृष्टिकोण, निर्दोषले पनि जेल जानुपर्ने अवस्था र त्यसबाट भोग्नुपरेका पिडा लगायतका बिषय उपन्यासमा समेटिएका छन् ।
२७० पृष्ठ लामो उपन्यासमा बिषेशगरि ग्रामिण समाजमा हुने गरेका सबै घटनाक्रमलाई सामान्य, सरल र सबैले बुझ्ने ढंगले केलाएर पाठक समक्ष ल्याउने प्रयास उपन्यासकार खड्काले गरेका छन् । उपन्यासका अधिकांश पृष्ठहरुमा यौनजन्य भाव र आकर्षणको बारेमा चर्चा गरेको पाठकले भेट्न सक्छन् ।
गोर्खाको आरुघाट गाउँपालिका ५ मा जन्मिएर हेटौडा ८ मकवानपुरमा बस्दै आएका खड्काले पहिलो उपन्यासमा समाजमा देखिने भोगिने बिषयलाई सामान्यरुपमा नै पुस्तकमा उतार्ने काम गरेको देखिन्छ । उनले समाजले महिला र पुरुषबीच देखाउने भिन्नता, दुःख, पीडा र समाजभित्र घट्ने प्रत्यक्ष अप्रत्यक्ष घटनाले पारेका प्रभावलगायतका बारेमा पनि काल्पनिक पात्रहरुको माध्यमबाट चित्रण गर्ने प्रयास गरेका छन् ।
खड्का क्षत्री महासमाजले प्रकाशन गरेको उपन्यासको मूल्य साधारण ४ सय रुपैया र संस्थागत ६ सय रुपैया रहेको छ । यो उपन्यास काठमाडौं सहित देशभर बिभिन्न पुस्तक पसलबाट बिक्रि भईरहेको छ ।
लामो समय पत्रकारीता क्षेत्रमा सक्रिय रहेका खड्काको यो पहिलो कृति भएपनि लेख रचनाहरु भने निरन्तर प्रकाशन भईरहेका छन् ।