जती लिएर आयो,
त्यतिनै पाउने छौ,
तर पनि खै किन ,
धेरै खोज्छौ?
धेरै पाउने आशामा
किन लड्छौ यहाँ।
आखिर पाउने त्यति नै हो।
तनाब र चिन्तामा
किन बाच्छौ यहाँ ?
जिउदो रहेर यो संसारबाट
गएका छैन कोही?
गन्तव्य निश्चित भए
पैदल वा सवारीमा जाऊ
समय अगि पछि होला,
आखिर पुग्ने ठाउ उहीँ हो।
जीवन लिएर संसार आउँदा
पनि रोहेर आयो
जीवन छोडेर जादा पनि
रुहाएर गयो।
किन गर्छौ तछाड मछाड,
ठाउ न तिम्रो न मेरो घाटमै हो
सबै जल्ने दाउराले नै हो
नजल्ने भए पनि आखीर मिल्ने माटैमा हो।
-वीरबल खड्का, धनकुटा हाल:कतार
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline