मंसीर ४ सल्यान । सल्यानको बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई अर्कैकी श्रीमती लिएर भागेका छन् । जब कि उनको घरमा दुई वटा पत्नी रहेका छन् । गौरी बोहरा नाम गरेकी अर्कैकी पत्नी लिएर भागेको स्थानीयले बताए ।
पहिलो श्रीमतीबाट २ छोरी र दोस्रो श्रीमतीबाट दुई छोरा गरी वडा अध्यक्ष चार सन्तानका पिता समेत रहेका छन् ।
श्रमीतीकै उजुरीका आधारमा वडाअध्यक्षलाई पक्राउ गरेर बहुबिबाहको मुद्धा चलाउने तयारी प्रहरीले गरे पनि वडा अध्यक्ष कुमाई अझै सम्म पक्राउ परेका छैनन् ।
उनले भगाएको गौरी बोहराको पाँच सन्तान रहेको बुझिएको छ । उनका श्रीमान् नोखिराम बोहरा रहेका छन् । गाँउलेले वडाध्यक्ष र गौरीको सम्बन्ध थापा पाए पछि नोखिरामले पनि धम्की दिने गरेको र आफूले तेस्रो बिहे गर्न बाध्य भएको वडाअध्यक्ष कुमाईले भनेको स्थानीयवासीको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline