अब नेकपामा कि म हट्नु पर्छ कि प्रचण्ड हट्नु पर्छः ओलीले दिए गंभीर चेतावनी ( संवोधनको पूर्ण पाठ )

अब नेकपामा कि म हट्नु पर्छ कि प्रचण्ड हट्नु पर्छः ओलीले दिए गंभीर चेतावनी ( संवोधनको पूर्ण पाठ )

  • बिहिबार, मंसिर ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.3K
    SHARES

नेकपा भित्रको विवादले नयाँ मोड लिएको छ । बल्ल तल्ल सचिवालयको बैठक त बस्यो तर त्यसले सहमतिको रुपरेखा भन्दा बढी विवाद र आन्तरीक द्धन्दका रेखांकनहरु गरेको जस्तो देखिएको छ ।
सचिवालयको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डद्धारा प्रस्तुत १९ पृष्ट लामो राजनीतिक प्रतिवेदनमा आफूमाथि आरोप, लान्छाना, राजनीतिक जीवन नै समाप्त पार्ने खालको आएको भन्दै त्यसलाई स्वीकार्न नसक्ने र आफूले जवाफ दिन अर्को प्रतिवेदन ल्याउने भन्दै १० दिनका लागि सचिवालयको बैठक सारिएको छ ।
यस बैठकमा ओलीले गंभीर टिप्पणी गर्दै अब वार कि पारको स्थितिमा आएको बताएका छन् । उनले गरेका संवोधनका महत्वपूर्ण पाठ यस प्रकार छ ।

कमरेडहरू ।

आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ। म सबै कमरेडहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। मैले धेरै भनिरहनु पर्लाजस्तो लाग्दैन बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल मोडमा छ। सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन, हामी पनि गुज्रिराखेका छैनौं।

म एकरदुईवटा कुरा राखौं। अस्तिको बैठकमा केही कुरा, जस्तो कि बैठकको अजेन्डाका रूपमा होइन, पत्राचारका रूपमा, जस्तो कि पाँच जना साथीहरूले मलाई बैठक बोलाइयोस् भनेर पत्र दिनुभयो। त्यसमा गम्भीर आरोपहरूसमेत भएको हुनाले मैले बैठक बोलाउने कुरा आफ्नो ठाउँमा छ। तर, ती आरोपहरू अनुत्तरित हुन पनि सक्दैनथे। मैले त्यसको जवाफ किन दिनुपर्‍यो ?

त्यसको प्रत्युत्तरमा चाहिँ अर्को ७ पेजको जवाफ अर्का अध्यक्षले लेख्नुभयो। त्यसको जवाफ मैले दिएको छैन। स्वाभाविक रूपमा त्यसको पनि उचित जवाफ दिनुपर्नेछ।

वास्तवमा ती आरोपहरू सही थिएनन्, अनुपयुक्त, अनुचित, झुटा र भ्रमपूर्ण थिए, तिनको बारेमा मैले स्पष्ट पार्नु नै जरुरी थियो। त्यसकारण मैले व्यक्तिगत तबरमा नै अगुवाई उहाँको भएको हुनाले अर्का अध्यक्षलाई पत्र लेखें। र, त्यस पत्रको जानकारी बोधार्थका रूपमा पत्र बुझाउन आउने साथीहरूलाई त दिएँ नै, अरू साथीहरूलाई पनि जानकारीका लागि दिएँ। त्यसको प्रत्युत्तरमा चाहिँ अर्को ७ पेजको जवाफ अर्का अध्यक्षले लेख्नुभयो। त्यसको जवाफ मैले दिएको छैन। स्वाभाविक रूपमा त्यसको पनि उचित जवाफ दिनुपर्नेछ।

त्यसबाहेक त्यसै दिन एउटा प्रस्ताव भनेर अर्का अध्यक्षले मलाई दिनुभयो, अरू सदस्यहरूलाई पनि बाँड्नुभयो। त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन। बैठकमा प्रस्ताव प्रस्तुत गर्ने हाम्रो विधि भिन्नै छ। एउटा अध्यक्षलाई जानकारी नभईकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन। त्यस्तो दिनुपर्ने पनि कुनै अवस्था आउला, तर अर्का अध्यक्षलाई जानकारी नै नदिईकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप र अभियोगसहितको प्रस्तावका नाममा अचानक त्यो मलाई दिनुभयो। अरू साथीहरूलाई पनि वितरण गर्नुभयो।

तर, त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन। त्यसलाई विधिसम्मत प्रस्ताव भन्न मिल्दैन। तर, त्यस सम्बन्धमा कमिटीमा छलफल आवश्यक छ। त्यो प्रस्ताव भनेर जो वितरण भयो, त्यसपछि जुन अखबारबाजी गरियो। यसो गर्नु उचित भयो कि भएनरु केही मतलबको कुरा भएन। अखबारबाजी गर्नका लागि समेत त्यसो गरिएको थियो र त्यसमा केही साथीहरूको संलग्नता र सहमति भएको पनि जानकारी भयो। त्यसो भएर यो विषय धेरै गम्भीर छ।

मैले अस्ति दुई जना कमरेडहरूलाई बोलाएर कुरा गरेँ, वामदेवजीसँग कुराकानी गरेँ र भनेँ कि यसको छिनोफानो नभईकन, यी आरोपहरूसहित, यी आरोप बोकी बोकीकन कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न त मिल्दैन। यी आरोपहरू या त त्यसबाट बदर हुनुपर्‍यो, तब प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ। त्यसो होइन भने सदर हुनुपर्‍यो र ती पदहरू र ती जिम्मेवारीबाट हट्नुपर्‍यो। यो हटाउने माग त पहिलेदेखि आएकै थियो। तर, यसपटक हट्ने आधारहरू यी हुन्, यसकारण हट्नुपर्छ भन्ने कुरा पनि आएको छ। पहिलेजस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट, अध्यक्षबाट हट भन्ने भाषा छैन।

तर त्याग गर्नुपर्छ भन्ने कोटेड भाषा रहेको छ। त्याग भन्ने शब्द त्यहाँ राखिएको छ। यस सम्बन्धमा पहिले छिनोफानो हुनुपर्छ। यो आरोप या त सदर ठहरिनुपर्‍यो, अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुपर्‍यो। यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुपर्‍यो, यसको जवाफदेही लिनुपर्‍यो।

अब बाहिर बजारमा त हल्ला सुन्छु, बहुमत छ, अल्ममत छ, के छ, कसको कस्तो छ भन्ने कुराहरू खुबै सुन्छु। मैले त्यस्तो फर्मल्ली देखेको छैन। फर्मल्ली नदेखेसम्म त्यसलाई बहुमत, अल्पमत मान्ने कुरा पनि भएन। अब यसमा जानुपर्ने हुन्छ। यसको मैले एउटा जवाफ तयार गरिसकेको छैन। यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्नका लागि मात्रै बैठक हुन सक्छ। यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ।

अर्को कुरा के हो भने, अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, सम्झदारीहरूको त त्यसैले अन्त्यको घोषणा गर्‍यो। त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन। अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो।

अर्को कुरा मैले एउटा भन्नुपर्छ, मलाई अध्यक्ष र प्रधानमन्त्री दुईवटैबाट हटाउने तयारी पनि गरिएको छ, हट्न भनिएको पनि छ। त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ ? विधि, पद्धतिका कुरा के हुन्छन् ? संगठनात्मक सिद्धान्तका कुरा के हुन्छन्रु त्यसमा एकपटक विचार गर्ने हो किरु किनभने मैले हट्न भनेँ भने त्यसले त अर्को वातावरण निर्माण गर्न सक्छ।

अर्को कुरा के हो भने, अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, सम्झदारीहरूको त त्यसैले अन्त्यको घोषणा गर्‍यो। त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन। अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो। हामीले एउटा नयाँ निकास खोज्नैपर्छ। म चाहन्छु मिलेर जाऔं, मिलेर जान सकियोस्, पार्टी बचाउन सकियोस् र पार्टीलाई एकताबद्ध राख्न सकियोस्।

म के भन्न चाहन्छु भने, मिलेर मात्रै पार्टी बचाउन सकिन्छ। लडेर पार्टी बच्दैन, जालझेल र तिकडम गरेर पार्टी बच्दैन। गुटबन्दी गरेर पार्टी बच्दैन। सबै कुराहरूमा पछि छलफल गरौंँला। आजचाहिँ म त्यो लाञ्छनापत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोपहरू, अभियोगहरू, लाञ्छनाहरू, तिरस्कारहरू, अपमानहरू सबैलाई खारेज गर्छु। र, यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपपत्रलाई म पूर्ण रूपमा अस्वीकार गर्छु। त्यसको यथोचित् जवाफ म लिखित रूपमा नै प्रस्तुत गर्नेछु। मैले त्यो पत्रले परिस्थिति अलिक गम्भीर मोडमा पुर्‍यायो भनेर माधव कमरेडलाई भनेँ। उहाँले अँ धम्काउनेरु धम्काएर कोही डराउँदैन भन्नुभयो।

अब डराउने खालको त यहाँ कोही छजस्तो लाग्दैन। माधव कमरेड मात्रै नडराउने होइन, अरू पनि कोही डराउलान् जस्तो लाग्दैन। कोही पनि डराउँदैनन्। यस्तै राजनीति गरेर आएका मान्छेहरू कोही डराउलान् जस्तो लाग्दैन। तर सबै सुरैसुरा हुँदाखेरि सुरैचाहिँ बुद्धिमत्तापूर्ण कति हुन्छ र कति हुँदैनरु फेरि पनि विचार गर्न मेरो आग्रह छ।

म त जेलनेल, कुटाइ, यातना सबै भोगेर आएको छु। लाठी, बुट, जुत्ता मैले भोगेर आएको छु। ती सबै कुरा भोगिएको छ भने अँ, फेरि पनि कुनै परिस्थिति भोग्न मलाई कुनै कठिनाइ छैन। त्यो पत्रका प्रस्तोता र त्यसको पृष्ठभूमिमा रहेका साथीहरूले कुन बाटोबाट जाने च्वाइस् गर्नुस्।

अहिलेचाहिँ अब बैठकमा जुन विषयमा छलफल हुनुपर्छ पहिले र निष्कर्ष निस्किनुपर्छ। त्यसो नगरीकन अगाडि जान सकिँदैन। यही विषयमा छलफल गर्न म तयारीमा पुगिसकेको छैन, मेरो जवाफपत्र पनि तयार भइसकेको छैन। मैले त्यो पत्र मसिनो गरी हेर्नुपर्ने आवश्यकता छ। र, यत्ति हो कि मैले परिस्थिति अत्यन्त गम्भीर देखेको छु। मैले पहिलेदेखि भन्ने गरेको छु, यो धम्काएको होइन। तर यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छनाहरू जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु।

यसभन्दा अगाडि यसस्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, सायद अरू कसैको थिएन। कहिल्यै कसैले यस्ता आरोपहरू लगाएको यस ढंगले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइनँ। त्यो पत्र जुन मैले देखेको छु, त्यसमा जुन भाषा प्रयोग भएको छ, त्यसमा जुन आरोपहरू लगाइएका छन् र जुन लाञ्छनाहरू लगाइएका छन्, ती हल्का ढंगले लगाइएको रूपमा मैले लिएको छैन। यो अवश्य नै अत्यन्त गम्भीरतापूर्वक लगाइएको छ। राजनीतिमा जुनसुकै कुरा आइपरे पनि सहन हुनुपर्ने नै हुन्छ ? म त जेलनेल, कुटाइ, यातना सबै भोगेर आएको छु। लाठी, बुट, जुत्ता मैले भोगेर आएको छु। ती सबै कुरा भोगिएको छ भने अँ, फेरि पनि कुनै परिस्थिति भोग्न मलाई कुनै कठिनाइ छैन। त्यो पत्रका प्रस्तोता र त्यसको पृष्ठभूमिमा रहेका साथीहरूले कुन बाटोबाट जाने च्वाइस् गर्नुस्।

यसभन्दा अगाडि यसस्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, सायद अरू कसैको थिएन। कहिल्यै कसैले यस्ता आरोपहरू लगाएको यस ढंगले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइनँ।

अँ, त्यस्ता झुटा र निकृष्ट लाञ्छनाहरू मैले सहन्छु भन्ने कुरा नसोचे पनि हुन्छ। तसर्थः आज बैठक अगाडि बढ्न सक्ने देख्दिनँ। म त्यसमा बहस गर्न अहिले तयार छैन, किनभने मेरो तयारी नै पुगेको छैन, बुँदाहरू पुगेका छैनन् भन्ने कुराहरू त भनिसकेको छु। त्यसमा फेरि थप के भन्नु छ र ? त्यसमा अरूको पानी चित्र त देखेको छु नि । त्यसमा त यसो हेर्दाखेरी पानी चित्र त आउँछ नि । मैले कुरा गरेको छु र सबै सुनेको छु नि । अहिलेलाई यत्ति नै।

धन्यवाद ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी