सांसद प्रदीप यादवले दिए छठका अवसरमा असहाय र एकल महिलालाई सहित ब्रतालु महिलालाई साडी (भिडियो सहित )

सांसद प्रदीप यादवले दिए छठका अवसरमा असहाय र एकल महिलालाई सहित ब्रतालु महिलालाई साडी (भिडियो सहित )

  • बुधबार, मंसिर ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.5K
    SHARES

मंसीर ३ बीरगञ्ज । आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माण र जनताको समस्यामा जोडिएर सक्रिय रहँदै आएका पर्सा क्षेत्र नं १ का जसपाका संघीय सांसद प्रदीप यादवले छठ पर्वको अवसरमा असहाय् विपन्न एवं एकल महिलालाई साडी वितरण गरेका छन् ।

पर्सा निर्वाचन क्षेत्र न. १ का सांसद प्रदिप यादवले अन्य वर्ष झैं यस वर्षपनि छठ ब्रतालुहरुलाई साडी वितरण गरेका छन् । आज देखि सुरु भएको छठ पर्वको अवसरमा बिरगंज १६ नगवा शिव मन्दिर र शिव टोलमा आयोजित एक कार्यक्रममा छठ ब्रतालुहरुलाई साडी वितरण गरेको हो ।

वार्ड न.१६ का अध्यक्ष श्यामबाबु चौरसियाको अध्यक्षता तथा पर्सा निर्वाचन क्षेत्र न १ का सांसद एवं जनता समाजवादी पार्टी का केन्द्रिय सदस्य प्रदिप यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिब २५० ब्रतालुहरुलाई साडी वितरण गरिएको हो । कार्यक्रममा बोल्दै सांसद यादवले नेपालीहरुको महान एवं पवित्र छठ पर्व गर्ने ब्रतालुहरुले नयाँ साडी लाउनुका परेको ले पर्व छठको विशेष उपलक्ष्यमा ब्रतालुहरुलाई साडी वितरण गरिने कार्य गरिएको बताए ।

शुद्धतालाई विशेष ध्यान दिइने छठ पर्वको अवसरमा आर्थिक रुपले विपन्न परिवारका ब्रतालुहरुलाई आफुले पाउने सेवा सुबिधा बाट साडी वितरण गरिएको र आगामी वर्षहरुमा समेत यसलाई निरन्तरा दिने बताउदै युवा सांसद यादवले व्रतालु भक्तजनको आवश्यकता अनुसार साडी वितरण गर्ने कार्य सुरु गरेको भन्दै यसलाई निरन्तरता दिने वचनवद्धता व्यक्त गरे।

यसैगरी कार्यक्रममा जनता समाजवादी पार्टी का एकै अध्यक्ष अरुण यादव, एकाई उपाध्यक्ष सेख अब्दुल स्थानीय नेता अशोक साह ,समाजवादी युवा संघका केन्द्रीय सचिव सरोज यादव लगायतको उपस्थिती रहेको स्वकीय सचिव निखिल वर्णवालले बताए ।

Image may contain: 4 people, crowd

Image may contain: 3 people, people standing, text that says 'T'

Image may contain: 5 people, people sitting

Image may contain: 4 people

Image may contain: 2 people, people standing and crowd

Image may contain: 4 people, people standing

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी