विरानो त्यो परदेशमा मेरा दाजै बसेका छन्
यो तिहारमा दिदिबहिनी सम्झि पक्कै परेली भिजाका छन्
टाडा भएर के भयो र दाजै ?
मनमनमा मैले सप्तरंगी टिका हजुरको निधारमा लगाइसके
टाँडा भएर के भयो र ? दाजै, सयपत्री अनी मखमली माला उनी हजुरको गलामा सजाइसके
हो, मेरा दाजै टाँडा भएर के भयो र ?मैले त हजुरलाई पानी र तेलले वरिपरि छेकेर
हजुरको पूजा गरेर ढोकामा राखेको ओखरलाई फुटाई सबै हजुरका बाधाहरु पन्छाइसके
हो मेरा दाजै टाँडा भएर के भयो र ?
हजुर सानो हुँदा झिकिझिकि खाने रोटि र अनारसा मैले आरी भरि पकाएर राखि सके
हो मेरा दाजै टाँडा भएर के भयो र ?
हरेक जन्म-जन्म हामी दाजु बहिनीको सम्बन्ध
यस्तै अटल रहोस् भनी भगवानसँग प्राथन गरिसके
हो मेरा दाजै टाँडा भएर के भयो र ?
मैले त चित्त बुझाई हजुरसँग
भाइटिका अर्को साल भेट्ने आशा गर्दै खुशी भई पराई खरमै मनाइसके
हो मेरा दाजै टाडा भएर के भो र ?
मैले त भाइटिका हजुरसँगै मनाइसके
हो मेरा दाजै …………….!!