“महाकविलाई सम्झदा”

“महाकविलाई सम्झदा”

  • आइतवार, कार्तिक ३०, २०७७
  • टिपि शर्मा तिमल्सिना

  • 10.1K
    SHARES

कवि ज्यू,
म तिमीलाई सम्झिरहेको छु
तिम्रा काव्य, कथा, कविता
र, निबन्धहरुलाई सम्झिरहेको छु।
अहिले समय बदलिएको छ, कवि ज्यू
सँगसँगै मान्छेहरु पनि !
अब मदनहरु भोट जादैनन
अमेरिका, लण्डन र खाडीमुलुक जान्छन
तर, मुनाहरुले रोक्दैनन।
प्राकृतिक सुन्दरता ओढेर
कुन्जिनीहरु गाउँमा बस्दैनन
लाली, पाउडर धसेर शहरतिर पस्छन।
तिमिले लेखेका थियौं —
” हातका मैला सुनका थैला
के गर्नु धनले ?
साग र सिस्नु खाएकै वेस आनन्दी मनले ”
तर, अहिले त्यस्तो लेखिदैन
र, त्यस्ता मान्छेपनी भेटिदैन ।
अहिले मनभन्दा पनि
धनको आनन्दमा मान्छे रमाउछ
मानिसको दिलभन्दा पनि
अहंकार ठूलो हुँदै गएको छ
मान्छेहरु स्वार्थी र एकलकाटे हुदैछन
जीवन, रस निचोरेको
उखु जस्तै हुन थालेको छ।
कवि ज्यू,
अहिले तिमि भएको भए
काव्यहरु कस्तो लेख्थ्यौ होला ?
तिम्रो भाव र बिम्ब,
कस्तो हुन्थ्यो होला ?
म तिमिलाई सम्झिरहेको छु।
– सन्धर्भ १११ लक्ष्मी जयन्ती ।।
( २०७७-७-२९)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी