शिक्षा प्रणालीमा सुधारः देश निर्माणको पहिलो शर्त

शिक्षा प्रणालीमा सुधारः देश निर्माणको पहिलो शर्त

  • शनिबार, कार्तिक २९, २०७७
  • –भरत रिमाल

  • 12.2K
    SHARES

कुनै देश वा समाजको जनजीवन र जीवनस्तर राज्यले दिने शिक्षा र शैक्षिक प्रणालीमा भर पर्ने हुन्छ। आजको विश्वमा मानिसको जीवनस्तर र सामाजिक विकासको आधारमा देशलाई वर्गीकरण गरिएको छ जस्तै विकशित देश, विकासोन्मुख देश र अल्पविकसित देश। हुन त यसरी विश्वलाई वर्गीकरण भौतिक विकासलाई नै प्रमुख आधार मानेर गरिएको छ तर भौतिक विकासको आधार पनि नागरिकले आर्जन गरेको शिक्षाले नै तय गर्ने हुँदा राज्यले आफ्ना नागरिकलाई दिने शिक्षा प्रभावकारी र परिणाममुखी हुन अत्यन्तै जरूरी छ। अहिलेको नेपालले अङ्गिकार गरेको शिक्षा प्रणाली र दिइने शिक्षा दुवै समय सापेक्ष र व्यावहारिक छैनन् । नेपाल विश्वको पिछडिएको मूलुकको सूचीमा सामेल छ। नेपाललाई विकासको गतिमा ल्याउने हो भने राज्यले शिक्षा प्रणाली र शैक्षक विषयवस्तु तुरुन्त परिवर्तन र व्यवस्थापन गर्नु पर्ने हुन्छ। अहिले रहेको शैक्षिक प्रणालीबाट उत्पादित जनशक्ति वेरोजगार र कुनै दिशाविहीन भएर वसेकोछ। युवा जनशक्ति जसले शैक्षिक प्रमाणपत्र प्राप्त गरेका छन् तर क्षमता विकास छैन, उनीहरु संग व्यावहारिक शिक्षा अभाव हुँदा २० औँ वर्ष अध्ययन गरेर पनि विदेशी भूमिमा सामान्य शारीरिक श्रमिक बनेर जीविकोपार्जन गर्न वाध्य छन्। राज्यले शिक्षालाई आधारभूत आवश्यकतामा राखेर लगानी चाहिँ गरेको छ तर परिणाम शुन्य जस्तै छ। अहिलेको विश्वमा सबभन्दा प्राथमिकता दिनुपर्ने आधारभूत आवश्यकता रोजगारी हो र रोजगार उन्मुख शिक्षा हो। जुन शिक्षाले मानिसको जीवनस्तरमा कुनै योगदान गर्दैन त्यस्तो शिक्षा मा लगानी गर्नु समय, धन र उमेरको बर्बादी मात्र हो। त्यसैले शिक्षालाई वर्गीकरण गरि मानिसको क्षमता अनुसारको विषयगत शिक्षा दिनु अहिलेको आवश्यकता हो। उदाहरणको लागि कोहि इतिहासको विज्ञ बन्न चाहन्छ उसलाई रानी पोखरी कसले बनायो, पृथ्वीनारायणले कसरी नेपाल एकीकरण गरे भन्ने कुरा जान्नु जरुरी हुन्छ भने डाक्टर बन्ने इच्छा र क्षमता भएको व्यक्तिलाई रानी पोखरी कसले बनायो, पृथ्वीनारायणले कसरी नेपाल एकीकरण गरे जस्ता कुरा सिकाउने शिक्षाले उसको समय पैसा र उमेर सबै श्रोतको दुरुपयोग हुन्छ।
उच्चशिक्षा हासिल गरेका युवा पनि अदक्ष जनशक्ति बनेर शारीरिक श्रम गर्न बाध्य छन्। कोरियाको कारखानामा मजदुर होस् वा खाडी मुलुकका कारखानामा नेपालमा कथित उच्चशिक्षा लिएका युवा निम्न दर्जाको मजदुर बनेर गुजारा गरिरहेका छन्। अबको शिक्षा प्रणालीमा निर्वाहमुखी शिक्षा लाई आधारभूत शिक्षा बनाई दक्ष जनशक्ति निर्माण पहिलो शर्त हुनु पर्दछ। सैद्धान्तिक उच्चशिक्षा लिने जनशक्ति संख्यात्मक रूपमा थोरै भए पुग्छ भने व्यावहारिक शिक्षा लिएका दक्ष जनशक्ति देश निर्माणका खम्बा हुन् त्यसैले व्यावहारिक शिक्षा लिने दक्ष जनशक्ति वृद्धि अहिलेको आवश्यकता हो। सैद्धान्तिक शिक्षा दिने विश्वविद्यालय भन्दा प्रयोगात्मक शिक्षा दिने प्रयोगशाला विस्तारमा राज्यको ध्यान गयो भनें मात्र लक्षित समृद्धि सम्भव छ।
यो समस्या समाधानको लागि अबको शिक्षा प्रणाली प्राथमिक शिक्षा अन्तर्गत बच्चालाई भाषा मात्र सिकाउने, निम्नमाध्यमिक तहमा व्यावहारिक गणना, र माध्यमिक तहमा आधारभूत कानुन, राष्ट्र र राष्ट्रियता, नैतिकता तथा सामाजिक शिक्षाको र उच्च माध्यमिक तहमा न्यूनतम जीविकोपार्जन गर्ने शिक्षा जस्तै व्यावहारिक मेकानिक, कृषि प्राविधिक, औद्योगिक प्रविधि, व्यापार उत्पादन, प्याकेजिङ्ग देखि अटो मेकानिक, प्लम्बर, इलेक्ट्रिक प्राविधिक सडक निर्माण, पुल निर्माण सम्बन्धी आधारभूत ज्ञान जसले सजिलै रोजगार बन्न सजिलो हुन्छ र आत्मनिर्भर हुन सजिलो हुन्छ त्यस्तो शिक्षा दिन जरूरी छ। यदि कसैले कुनै विषयमा विशेषज्ञता हासिल गर्न चाहन्छ भने उच्च शिक्षाको व्यवस्था हुनु पर्छ। १२ कक्षा सम्मको शिक्षा मा एडम स्मिथको जनसंख्या सिद्धान्त भन्दा गाडीको टायर टाल्ने शिक्षा व्यावहारिक र उपलब्धि मुलक हुन्छ। यदि नागरिकलाई उत्पादनशील र आत्मनिर्भर बनाउने हो भने देशलाई आर्थिक फडको मार्ने अवस्थामा लैजाने हो भने र समग्र देशको समृद्धि सूचाङ्क उकास्ने हो भने शिक्षा प्रणाली र शैक्षिक विषयवस्तु परिवर्तन गरि परिणाममुखी शिक्षा लागू गर्न ढिलाई गर्नु हुन्न।

शिक्षा र रोजगारी जनताको आधारभूत आवश्यकता हो। आफना नागरिकलाई शिक्षित बनाउनु राज्यको दायीत्व हो। १८ बर्ष मूनिको शिक्षा वा १२ कक्षा सम्मको शिक्षा सम्पूर्ण नागरिकलाई अनिवार्य साथै निशुल्क व्याबस्था गरिनु पर्दछ। प्राथमिक स्तरमा पढाई लेखाई र भाषा सिकाई वा साक्षर बनाउने हुनुपर्दछ। माधयामिक स्तरमा समाज, संस्कृति एवं नैतिक शिक्षा दिईनु पर्दछ। उच्च माघ्यमिक स्तरमा निर्वाहमुखी शिक्षा व्यवस्था हुनुपर्दछ। त्यस पछिको शिक्षा विशेषज्ञता हासिलको लागि हुनु पर्दछ। १२ कक्षा सम्मको शिक्षा अनिवार्य गरिनु पर्छ। अहिलेको शिक्षण पद्दति हटाई परिणाममुखी र व्याबहारिक शिक्षण पद्दति लागू गरिनु पर्छ। कुनै उच्च माध्यमिक तहको शिक्षा लिएको नागरिकले आत्मनिर्भर हुने ज्ञान भएको हुनुपर्दछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी