६ करोड ३६ लाखको लगानीमा पुर्ननिर्माण हुँदै कमलपोखरीः ४५ प्रतिशत काम सम्पन्न

६ करोड ३६ लाखको लगानीमा पुर्ननिर्माण हुँदै कमलपोखरीः ४५ प्रतिशत काम सम्पन्न

कमलपोखरीको स्थलगत अनुगमनमा मेयर शाक्यः समयमा काम सम्पन्न गर्न निर्देशन

  • शुक्रबार, कार्तिक २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ कार्तिक २८। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको सन्तोषजनक नभएको भन्दै काममा ढिलासुस्ती नगर्न ठकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरीको अनुगमनका लागि आज त्यहाँ पुग्नु भएका प्रमुख शाक्यले यस्तो निर्देशन दिनुभएको हो । ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी निर्धारित समय भित्रै सम्पन्न गर्ने गरी कामलाई दु्रतरुपमा अघि बढाउन प्रमुख शाक्यले निर्देशन दिनुभयो । ‘काममा ढिलासुस्ती भयो भन्ने गुनासो आएपछि म आफैँ स्थलगत अनुगमनका लागि आएको हुँ,’ शाक्यले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले आर्थिक अभाव हुन दिदैन । तपाईँहरुले यो वा त्यो बहानामा काम रोक्न पाउनुहुन्न ।’
स्थलगत अनुगमनमा पुग्नुभएका प्रमुख शाक्यले करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने दाबी समेत गर्नुभयो । ‘कमल पोखरीको अस्थित्व जोगाउँदै पुर्ननिर्माणको काम अघि बढाएका छौँ,’ शाक्यले भन्नुभयो, ‘महानगरपालिको केन्द्रभागमा रहेको यो पोखरी पुर्ननिर्माणपछि काठमाडौँवासीका लागि आकर्षक स्थल बन्ने छ ।’
उहाँले छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउनका लागि समेत सहज हुने गरी पोखरी निर्माण भैरहेको पनि जानकारी दिनुभयो । पोखरी कला र संस्कृतिलाई जोड्ने खालको होस भन्ने चाहना रहको पनि उहाँले बताउनुभयो ।


सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कमलपोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण हुने जानकारी दिनुभयो । आयोगका अनुसार पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण पनि आयोगले जानकारी दिएको छ ।
काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभावका प्रमुख राम थापाले अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने जानकारी दिनुभयो ।
उहाँले अहिले अनधिकृत संरचना हटाउनेलगायतका काम भैरहेको भन्दै मंसिर मसान्तासम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको भन्दै आवश्यकता र औचितत्यका आधारमा केही समय म्याद गर्न सकिने बताउनुभयो । तर, विभिन्न वाहनामा काम रोक्ने र समयमा काम सम्पन्न नगरे कारवाही गर्ने समेत चेतावनी थापाले दिनुभयो ।


इन्जिनियर प्रेम श्रेष्ठले बृद्धबृद्धालाई समेत ध्यानमा राखेर निर्माणको ढाँचा तयार पारिएको भन्दै सो पोखरीमा रात्रीकालिन वत्तीको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो । निर्माण व्यवसायी अर्जुन कडेँल र इन्द्र सिटौलालेले ४५ प्रतिशत काम सम्पन्न भएको भन्दै अनुगमनमा पुग्नुभएका प्रमुख शाक्य, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष भरतलाल श्रेष्ठलगायतका सामू फागुन मसान्तासम्ममा काम सम्पन्न गरी महानगरपालिकालाई हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी