दाङमा खुल्यो पहिलो सहकारी बजार

दाङमा खुल्यो पहिलो सहकारी बजार

  • शुक्रबार, कार्तिक २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 30.6K
    SHARES

दाङ, कार्तिक २८ । किसानले उत्पादन गरेका बस्तुले बजार नपाएर खेर गइरहेका बेला दाङमै पहिलो पटक कृषि तथा अग्र्यानिक बस्तु सस्तोमा दिनका लागि सहकारी बजार सञ्चालनमा आएको छ । सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था दाङको ब्यवस्थापनमा घोराहीको तुल्सीपुर चोकमा सहकारी बजार सञ्चालनमा आएको हो ।

यस क्षेत्रका किसानहरुले उत्पादन गरेको बस्तु महंगोमा खरिद गर्ने र उपभोक्ताहरुलाई बजार मूल्य भन्दा सस्तोमा सामान दिने उद्देश्यले सहकारी बजार सञ्चालनमा ल्याएको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिनुभयो । कृषि उत्पादनमा बिचौलियको हावी भएका कारण किसानले आफूले उत्पादन गरेको बस्तुको उचित मूल्य नपाएको भन्दै अध्यक्ष पौडेलले सहकारीले ठूलो मुनाफा लिनु नपर्ने भएका कारण सामान सस्तोमा दिन सकिने बताउनुभयो ।

सहकारी बजारको बारेमा जानकारी दिन शुक्रवार घोराहीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बजार सञ्चालनपछि किसानले उत्पादन गरेका कृषि उपजको बजार र भाउ पाउने विश्वास संस्थाको छ । सहकारी बजार सञ्चालनमा आएपछि बजार नपाएर खेतबारीमै कुहिएर खेरा गइरहेको कृषि बस्तुले बजार पाउने र किसानले अग्र्यानिक ताजा बस्तु सजिलरी पाउने ब्यवस्था गरिएको सहकारी बजार ब्यवस्थापन प्रमुख माधव खनालले जानकारी दिनुभयो ।

बजारलाई दिगो बनाउनका लागि संस्थाले आफ्ना शेयर सदस्यहरुलाई उत्पादनतर्फ प्रेरित गरी उनीहरुले उत्पादन गरेको बस्तुहरु बजारसम्म ल्याएर उपभोक्ताहरुलाई दिने काम गरिएको छ । संस्थाका शेयर सदस्यहरुलाई उत्पादनमा केन्द्रीत गर्नका लागि सस्तोमा ऋण लगानी समेत गर्न थालिएको संस्थाले जनाएको छ । सहकारी बजारमा बिभिन्न महिला समूहहरु, कृषक समूह, सहकारी संस्था, उद्धमी समूहहरुले उत्पादन गरेका बस्तुलाई खरिद गरी उपभोक्ताहरुलाई बितरण गर्ने काम थालिएको पत्रकार सम्मेलनमा बितरित बिज्ञप्तिमा उल्लेख छ । सहकारी बजारलाई दिगो बनाउने भन्दै सहकारी संस्थाले आफ्ना शेयर सदस्यले वार्षिक कारोवार अंकको आधारमा प्रतिफल पाउने ब्यवस्था गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

सहकारी बजार परियोजनामा सामान खरिद तर्फ भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्विनी प्रदेशको ४९ लाख ४९ हजार ९ सय ४८ रुपैया अनुदान र संस्थाको ५३ लाख ६० हजार ८ सय २८ गरी १ करोड ३ लाख १२ हजार ७ सय ७६ रुपैया सम्पत्ति खरिदतर्फ र चालु पूँजीतर्फ ४० लाख ५५ हजार ६ सय ५२ गरी कुल १ करोड ४३ लाख ६८ हजार ४ सय २८ रुपैयाको लागतमा बजार सञ्चालनमा ल्याइएको हो

दाङको केन्द्रविन्दु घोराहीको मूख्य ठाउँ तुलसीपुरचोकमा रहेको यस बजारमा दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नहरु,अग्र्यानिक तरकारी तथा फलफूलहरु,दुध तथा दुग्धजन्य वस्तुहरु, तयारी तरकारी तथा खाद्यान्नहरु, स्थानीय तरकारी तथा खाद्यवस्तुहरु, स्थानीय सामानहरु, पलाष्टिक भाँडाहरु, स्टेश्नरी तथा गिफ्टका समेत बस्तुहरु रहेका छन । सहकारी बजारले अनलाइनबाट खरिद, होम डेलिभरीको र डिजिटल भुक्तानीको माध्यमबाट कारोबार हुने ब्यवस्था गरिएको सहकारी बजार परियोजनाका प्रमुख कमल थपलियाले जानकारी दिनुभयो । पत्रकार सम्मेलन संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सहकारी बजारको शनिवार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्रि आरती पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जनाइएको छ । सहकारी बजार सञ्चालनका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनि प्रदेशको स्थिर सम्पति खरिद तर्फ पुरक अनुदान सहयोग गरेको थियो । उदघाटन कार्यक्रममा उपस्थितिका लागि संस्थाले पत्रकार सम्मेलनमा अनुरोध पनि गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी