ललितपुरबाट चोरी भएको मिनी ट्रिपर एक महिना पछि नवलपरासी फेला पार्यो प्रहरीले

ललितपुरबाट चोरी भएको मिनी ट्रिपर एक महिना पछि नवलपरासी फेला पार्यो प्रहरीले

  • बिहिबार, कार्तिक २७, २०७७
  • रबिन्द्र यादव

  • 8.3K
    SHARES

२७ कार्तिक नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं २ सेमरीमा बेवारिसे अवस्थामा पार्किङ गरी रहेको ट्रिपर प्रहरीको गस्ती टोलीले बरामद गरेको छ ।टिपरको नम्बरको पहिलो अंक केरमेट गरेको सवारी साधन प्रहरीको नियन्त्रणमा फेला पारेको हो। ट्रिपरलाई बा ३ ख १९४ नं. को महेन्द्रा एण्ड महेन्द्रा कम्पनीको मिनि टिपर लामो समयदेखि चेक जाँच गर्दा उक्त टिपरको नम्बरको पहिलो अंक केरमेट गरी हटाई बा ३ ख ८१९४ नं. लाई बा ३ ख १९४ जस्तो गराईएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय परासीका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।

उक्त टिपरको सवारी धनि पत्ता लगाउनको लागि सवारी तथा यातायात ब्यबस्था कार्यालयमा समन्वय गर्दा बा ३ ख ८१९४ नम्बरको ट्रिपर युनाईटेड फाईनान्स लिमिटेडको ऋणी टेक बहादुर भण्डारी र लक्ष्मण श्रेष्ठको नाममा दर्ता भएको खुल्न आएको समेत जानकारी दिए ।

निज सवारी धनिहरुको मोबाईल नम्बर समेत पत्ता लगाई फोन सम्पर्क गर्दा निजहरुको बा ३ ख ८१९४ नं। को मिनी टिपर २०७७ असोज २७ गते राती २०स्०० बजे देखि जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं ८ खरिवोट स्थितबाट हराई रहेको र सो सम्बन्धमा निज सवारी धनिहरुले महानगरिय प्रहरी प्रभाग ईमाडोल ललितपुरमा उक्त टिपरको खोज तलासको लागि निवेदन समेत दिएको बुझिन आएको जानकारी प्राप्त भएको छ ।

महानगरिय प्रहरी प्रभाग ईमाडोल ललितपुरमा समन्वय गरिएको र उक्त बेवारिसे अवस्थामा फेला परेको टिपरको सनाखतका लागि महानगरिय प्रहरी प्रभाग ईमाडोल ललितपुरबाट खटि आएका प्रहरी टोली तथा सवारी धनिहरुको टोलीले सनाखत गर्नुभएको हो ।

सवारी धनि दर्ता किताबमा उक्त बा ३ ख ८१९४ नं. मिनी टिपर युनाईटेड फाईनान्स लिमिटेडको ऋणी टेक बहादुर भण्डारी र लक्ष्मण श्रेष्ठको नाममा दर्ता भएको पुष्टि हुन गएको हुँदा थप अनुसन्धानको लागि सवारी धनिहरुको रोहवरमा महानगरिय प्रहरी प्रभाग ईमाडोल ललितपुरबाट खटि आएका प्रहरीको जिम्मा लगाई महानगरिय प्रहरी प्रभाग ईमाडोल ललितपुर पठाईएको प्रहरी नायव उपरीक्षक सुचना अधिकारी राजु लामाले जानकारी दिएका हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ