प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराइएको थियो । सा आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
९ सय मेगावाटको यो आजोना भारतीय सरकारी कम्पनी सतलजले निर्माण गरीरहेको छ ।
प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्कामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गरेका थिए ।
यो सडक विराटनगर रानी भन्सारदेखि किमाथांका सम्मको छ । यो सडक चीन भारत र नेपालसगँ त्रिदेशीय व्यापारीका मार्गको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । प्रधानमन्त्री ओलीका साथ सङ्घीय मन्त्री, प्रदेश नं. १ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुख रहेका थिए ।
प्रधानमन्त्री ओली आजै अपरान्ह काठमाण्डौं आईपुग्ने कार्यतालिका रहेको छ ।
दोस्रो पटक मृगौला प्रत्यारोपण पछि ओली पहिलो पटक उपत्यका बाहिर गएका हुन् ।