प्रिय कमरेड !

प्रिय कमरेड !

  • बुधबार, कार्तिक २६, २०७७
  • टि.पी शर्मा तिमिल्सिना

  • 10.3K
    SHARES

प्रिय कमरेड,

हिजो जुन बाटो हामी हिडेका थियौं
जुन जीवनशैली
र, जुन अनुशासनको पालना गर्थ्यौं
जनताका दुख र पीडामा
जसरी गोलबद्ध भएका थियौं
अहिले ती दिनहरु सम्झिदा सपना जस्तै लाग्छ।

प्रिय कमरेड !
संसार बदल्ने हाम्रो चाहना
हाम्रो सपना
हाम्रो प्रतिबद्धता
र, लक्ष्य
अहिले कहाँ पुगेको छ ?
हाम्रो आस्था
निष्ठा
र, सिद्धान्त
कुन धरातलमा छ ?

मैले कमरेडलाई धेरै विश्वास गरेको थिए
आदर र सम्मान गरेको थिए
कहिल्यै सोचीन,
कमरेडको आस्था र अडानमा
बिचलन आउला भनेर
बर्गीय चेत,
निरन्तर ओरालो लाग्ला भनेर ?
तुच्छ स्वार्थले पनि कमरेडको अडिग चेतना
लरखराउछ भनेर ?
मैले कल्पनासम्म गरिन
यसरी आफ्नै स्वार्थमा कमरेड फस्ने होला भनेर ?
आफू बीचमै असमझदारी
र,आशंका उठाएर
आफ्नै आदर्शमा आघात पुर्‍याउने काम होला भनेर ?
कदापी सोचीन कमरेड !
जनताको स्वार्थ बिर्सिएर
यसरी आफ्नै स्वार्थमा कमरेडहरु रमाउछन भनेर ?

हो, कमरेड !
त्यो त्याग
र, साथीहरुको बलिदान
आज मजाक होला भनेर
कमरेडको व्यवहारले
जनतालाई सशंकित पार्ला भनेर
मैले पटक्कै सोचेको थिइन
कमरेडहरु यसरी बदलिन्छन भनेर।
प्रिय, कमरेड
मेरो आस्था र भरोसा
मेरो विश्वास र धरोहर
यो बदलावले मलाई भित्रसम्म घोचेको छ
यस्तो व्यवहार देखेर
मेरो मुटु नै भतभती पोलेको छ।

भयो !
अब छोडिदेउ अहंकार
त्यागीदेउ महत्वाकांक्षा
र, असमझदारीहरु ।
हो, कमरेड
अब पद्धतिमा हिडनुपर्छ
प्रणालीमा बस्नुपर्छ
र, बिधिलाई मान्नुपर्छ।
अब पुरानोलाई त्यागेर
नयाँ परिपाटी अगाल्नुपर्छ
त्यसैले अब युवाहरुलाई जगाउनु पर्छ
राष्ट्र बनाउने जिम्मेवारीमा युवालाई नै लगाउनु पर्छ।
हस्तान्तरण गरिदेउ आफ्नो जिम्मेवारी
र, बाटो देखाउँ ।
आफू सम्मानित भएर
युवाहरुलाई जागरुक बनाउँ
हो, कमरेड
युगीन परिवर्तनको बाटोमा
अब, युवाहरुलाई नै अगाडि बढाउँ।
प्रिय कमरेड !
नयाँ युगको बीजारोपणका लागि
कमरेडले फेरि आफैबाट एकपल्ट त्याग देखाउँ ।।

” प्रिय कमरेड ”

हिजो जुन बाटो हामी हिडेका थियौं
जुन जीवनशैली
र, जुन अनुशासनको पालना गर्थ्यौं
जनताका दुख र पीडामा
जसरी गोलबद्ध भएका थियौं
अहिले ती दिनहरु सम्झिदा सपना जस्तै लाग्छ।

प्रिय कमरेड !
संसार बदल्ने हाम्रो चाहना
हाम्रो सपना
हाम्रो प्रतिबद्धता
र, लक्ष्य
अहिले कहाँ पुगेको छ ?
हाम्रो आस्था
निष्ठा
र, सिद्धान्त
कुन धरातलमा छ ?

मैले कमरेडलाई धेरै विश्वास गरेको थिए
आदर र सम्मान गरेको थिए
कहिल्यै सोचीन,
कमरेडको आस्था र अडानमा
बिचलन आउला भनेर
बर्गीय चेत,
निरन्तर ओरालो लाग्ला भनेर ?
तुच्छ स्वार्थले पनि कमरेडको अडिग चेतना
लरखराउछ भनेर ?
मैले कल्पनासम्म गरिन
यसरी आफ्नै स्वार्थमा कमरेड फस्ने होला भनेर ?
आफू बीचमै असमझदारी
र,आशंका उठाएर
आफ्नै आदर्शमा आघात पुर्‍याउने काम होला भनेर ?
कदापी सोचीन कमरेड !
जनताको स्वार्थ बिर्सिएर
यसरी आफ्नै स्वार्थमा कमरेडहरु रमाउछन भनेर ?

हो, कमरेड !
त्यो त्याग
र, साथीहरुको बलिदान
आज मजाक होला भनेर
कमरेडको व्यवहारले
जनतालाई सशंकित पार्ला भनेर
मैले पटक्कै सोचेको थिइन
कमरेडहरु यसरी बदलिन्छन भनेर।
प्रिय, कमरेड
मेरो आस्था र भरोसा
मेरो विश्वास र धरोहर
यो बदलावले मलाई भित्रसम्म घोचेको छ
यस्तो व्यवहार देखेर
मेरो मुटु नै भतभती पोलेको छ।

भयो !
अब छोडिदेउ अहंकार
त्यागीदेउ महत्वाकांक्षा
र, असमझदारीहरु ।
हो, कमरेड
अब पद्धतिमा हिडनुपर्छ
प्रणालीमा बस्नुपर्छ
र, बिधिलाई मान्नुपर्छ।
अब पुरानोलाई त्यागेर
नयाँ परिपाटी अगाल्नुपर्छ
त्यसैले अब युवाहरुलाई जगाउनु पर्छ
राष्ट्र बनाउने जिम्मेवारीमा युवालाई नै लगाउनु पर्छ।
हस्तान्तरण गरिदेउ आफ्नो जिम्मेवारी
र, बाटो देखाउँ ।
आफू सम्मानित भएर
युवाहरुलाई जागरुक बनाउँ
हो, कमरेड
युगीन परिवर्तनको बाटोमा
अब, युवाहरुलाई नै अगाडि बढाउँ।
प्रिय कमरेड !
नयाँ युगको बीजारोपणका लागि
कमरेडले फेरि आफैबाट एकपल्ट त्याग देखाउँ ।।
-२०७७-७-२५

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी