एक इमान्दार कार्यकर्ता भएर (नेकपा)लाई नियाल्दा

एक इमान्दार कार्यकर्ता भएर (नेकपा)लाई नियाल्दा

  • आइतवार, कार्तिक २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 26.2K
    SHARES

नेपालमा राणा शासनका विरुद्धमा स्थापना भएका पार्टीहरुले २००७ सालमा प्रजातन्त्रको मिर्मिरे उज्यालोको राप तापिसकेपछि त्यस समय यता धेरै आन्दोलन र त्यस आन्दोलनबाट धेरै ठूलाठूूला परिवर्तन पनि भएका छ्न । हरेक आन्दोलनलाई जनता सम्म पुर्याउन, जनता जगाउन, नेताको भन्दा कार्यकर्ताको बढी मिहेनत, परिश्रम परेको हुन्छ । आज सम्म पार्टीको हितका लागि , देशका लागि आफ्नो पिठ्युमा काधमा नेताहरु बोकेर कार्यकर्ता हरु हिडिरहेका छ्न । के पाउनुछ कार्यकर्ता हरुले ? के पाउनु छ इमान्दार कार्यकर्ता हरुका घर परिवार ले ? एक पटक ध्यान दिनुस दिग्गज भन्ने नेता ज्युहरु ।

पहिलापहिला वामपन्थी गीत गाएर जनताहरुलाइ जुरुकजुरुक उठाउने, तताउने, नचाउने, गीतकार कार्यकर्ता हरु लाइ नियाल्दा होस, तिन्को मान सम्मान, पार्टीले गर्ने मूल्यांकनका विषयमा होस्, पार्टी र नेताहरु चुकेका छ्न । सत्ता मा नपुगुन्जेल सम्झिन्छन । जब सत्तामा पुग्छ्न अनि सबै बिर्सिन्छन । कहाँ छन अहिले रामेश, मञ्जुल, जेबि टुहुरे, जीव शर्मा लगायतका कलाकर ज्यूहरु ? यस्तै पार्टीका तमाम एजेन्डाहरुलाई कलमका माध्यमबाट जनता सामु पुर्याउन सहयोग गर्ने संचारकर्मीहरु केहि पहुँचवालाभन्दा बाहेक अन्यको स्थिति के छ ? केहि छ लेखा जोखा पार्टीसङ ? आफ्नो जिवनको आहुति दिएर आन्दोलन सफल बनाउन , गोलि खाने, सहिदका परिवारको हातल के छ ? यसको लेखाजोखा छ पार्टीमा ? आन्दोलन मा घाइते भएका, कार्यकर्ता हरुको स्थिति कुन हालतमा छ ? छ केहि लेखा जोखा पार्टीसङ ? अ्मुक पार्टीका केहि चाकडी , र चाप्लुसि गर्ने कार्यकर्ताहरुको त दिन बलियो भएको होला ? आर्थिक अवस्था सुधार भएको होला ? साना नेता तथा केहि कार्यकर्ताहरुको पद, प्रतिष्ठामाथि गएको होला ? तर इमान्दार कार्यकर्ता हरुलाइ नियाल्नुस, जसलाई पार्टीको हित भन्दा बाहेक अरु सोच्नै सक्दैनन्, पार्टीका नेता समान हुन्, सबैलाई समान दृष्टिकोण बाट हेर्नु पर्छ, पार्टीले दिएको जिम्मेवारी, लेबी सबै पुरा गर्नुपर्छ र पार्टी नै हाम्रो मान हो, हृदय हो, प्रतिष्ठा हो, इज्जत हो, विकास हो, भन्ने लागेको छ त्यस्ता कार्यकर्ताहरु कहाँ छन्, के मा छन्, छ केहि लेखाजोखा ? पार्टीका अ्मुक नेताहरुको अगाडी, पछाडि घुमफिर गर्ने, चाकडी गर्ने, चाप्लुसि गर्ने, पदको बार्गेनिङ गर्ने र ठूलाठूला स्वरले डुक्क्रने केहि कार्यकर्ताले केहि पाएको पानालाइ हेरेर कार्यकर्ता हरुको मूल्यांकन हुँदैन नेताज्युहरु ।

पहिलापहिला पार्टीको प्रक्षिक्षणभित्र बसिरहँदा गर्ब लाग्थ्यो । यस्तो पार्टीको सदस्य हुन पाउँदा, यस्तो पार्टीको कार्यकर्ता हुन पाउदा, जीवन नै अर्पण गरु जस्तो लाग्थ्यो, भएको धन सम्पति पनि पार्टीलाई नै सुम्पिदिउ जस्तो लग्थ्यो । किनकि पार्टीले हाम्रो सबै जिम्मा लिने, गास बास कपास को अनि किन चाहियो धन सम्पति ? यस्तै लाग्थ्यो । धन–सम्पति सबैको समान हुने रे । शिक्षा मा सबैको समानता त्यो पनि निशुल्क रे । स्वास्थ्य निशुल्क गर्ने रे । सीप अनुसारको रोजगारी दिने रे । अझै कम्युनिस्ट को सिद्दान्त त झनै राम्रो के के हो के के ? आज सम्म आइपुग्दा छर्लङ्ग बुझे होलान कार्यकर्ता हरुले के छ पार्टीको सिद्दान्त , चाहे त्यो कम्युनिस्ट होस् चाहे त्यो काङ्रेस होस । बोल्ने भाशा एउटा गर्ने काम अर्को । कति बेकुफ बनाउँछौ अझै कार्यकर्ताहरुलाई र कार्यकर्ताहरु मार्फत जनता लाइ । अहिलेसम्म आइपुग्दा त राजनिति केका लागि, कसका लागि र किन भनेर नियाल्दा नेताका लागि पदका लागि, सम्पत्तिका लगि, शक्तिका लागि योभन्दा बाहेक केहि पाउन र देख्न पाइएन ।

हरेक क्षण मा कार्यकर्ता हरु हुन्छ्न । चुनावमा बिजय हासिल गर्दा, पार्टी एकीकरण हुँदा, पार्टीले सरकार बनाउँदा, पार्टीले केहि राम्रा योजनाहरु ल्याउँदा, बनाउँदा , सबै क्षणमा सर्ब प्रथम खुशी हुने कार्यकर्ता हरु नै हुन र तिनैका माध्यमबाट गाउ घर टोल बस्थि सबैमा ति विषयहरु पुर्याउने प्रचार गर्ने काम हुन्छ । कार्यकर्ताहरु भनेका पार्टीका पुल हुन्, पार्टीका पिल्लर हुन । तर यसको महत्व नेताज्यूहरुले कहिले पनि बुज्न सकेनन । केबल कार्यकर्ताहरु जुधाएर आफ्नो स्वार्थ पुरा गर्ने काम गरे । नेता हरु जतिकै योगदान दिने हजारौ हजार कार्यकर्ताहरु छ्न । त्यो भन्दा दिमाग भएका, धन–सम्पति पार्टीलाई सुम्पेका, पार्टीका निति सिद्दान्त लाइ पालना गरेका कति, अनुशासन मा बसेका कति छ्न कति । पार्टी सक्षम भयो भने देश बन्छ । जनता खुशि हुन्छ्न । सुखि हुन्छन । भनेर बिना स्वार्थ पार्टीको निर्देशन लाइ सिरोधार्य गर्दै, सहर्ष स्वीकार गर्दै, पार्टीको झन्डामुनि गोलबन्ध हुने लाखौ लाख कार्यकर्ता हरुको मुहार नियाल्नु भएको छ । नेताज्युहरु पार्टीलाई बालुवाटार, सिंहदरबार, सानेपा, बुढानिलकण्ठ, खुमल्टार, भैँसेपार्टी, कोटेश्वर मा खोज्ने होइन । पार्टी त्यहा भेटिन्न, पार्टी त्यहा देखिन्न । पार्टी खोज्न त कार्यकर्ताहरुको हृदयमा जानुस्, पार्टीका समर्थक, शुभेच्छुक जनताका घर आगनमा जानुस त्यहा पाउनु हुने छ पार्टी र पार्टीका आवाजहरु । पार्टीका इटाहरु, पार्टीका अणुहरु, परमाणुहरु भेटिन्छ्न । गोप्य स्थानहरुमा, गुट उपगुटहरुमा पार्टी खोज्दा र बिशाणु नै बिशाणु भेटिन्छन । त्यस्को साथ साथमा आर्थिक समेत कार्यकर्ता हरुकै बेशि खर्च भएको हुन्छ ।

कार्यकर्ता बिना कुनै पनि पार्टीको इतिहास निर्माण हुँदैन, पार्टी ससक्त बन्नै सक्दैन , पार्टी चुस्त र चलायमान हुनै सक्दैन । त्यसका लागि कार्यकर्ताहरुको अहम भुमिका हुन्छ । नेताले अ्मुक अ्मुक स्थानमा भाषण, अ्मुक स्थानमा प्रक्षिक्षण र निर्देशन दिने हुन । त्यो पार्टी निर्देशनलाई यदि कार्यकर्ता हरु ले उल्ङन गरे भने के होला ? आज बाटोमा, कतै चिया पसलमा, कतै पार्टीका कार्यकर्ताहरु भेट हुँदा लालसलाम कमरेड, जय नेपाल मित्रभन्दा को त्यो क्षण आज तपाईँ नेताहरुले कता पुर्याउनुभयो ? आ–आफ्नो स्वार्थ गुट उपगुट, पद सत्ता लिप्सा, भागबण्डाका कारणले कार्यकर्ता कार्यकर्ताबीच द्वन्द्व, झगडा काटामार र ज्यानै लिनेसम्मका हर्कतहरु गर्नुभयो । यस्को दोश तपार्इँ नेताहरुले लिने कि नलिने ? छ केहि जवाफ ? मलाई लाग्छ छैन । पार्टीमा बसेर निर्णय गरेर त्यो निर्णयलाई कार्यन्वयन गर्न नसक्ने, कार्यन्वयन गर्न हिच्किचाउने, तपाईँ नेताहरुको खुबी आज असली र इमान्दार कार्यकर्ताहरुले, जनताहरुले मज्जैले देखेका र अनुभूति गरेका छन् । के पार्टी तपाईँ दुई÷चार जना नेताहरुको पेवा हो ? बिर्ता हो ? कार्यकर्ताहरु तपाइहरुका दास हुन ? अन्य नेताहरु, तल्ला तहका नेताहरु तपार्इँहरुका डमी हुन ? के हिजो तपाइहरुलाई सम्मान गर्ने, साथ सहयोग गर्ने, समर्थक, शुुभेच्छुक रमिते हुन् ? एकपटक बढो ठण्डा दिमागले सोच्नोस् । आदरणीय नेता ज्युहरु, राजा नभएर राज्य रोकिएको छैन । तपार्इँ २र४ जना नेताहरु नभएर पार्टी चल्नै नसक्ने हुनै सक्दैन । गजबले चल्छ । पार्टीका हितमा, जनता का हितमा, कार्यकर्ताहरुका भावनामा पार्टी पूर्ण स्प्रिट रुपमा विधानसम्मत सन्चालन गर्न र हाक्न सक्ने युवा नेताहरु प्रशस्तै छ्न । चिन्ता लिनु पर्दैन । पार्टीबाट, पार्टीका कामबाट बिश्राम लिनुस् र पार्टीको अविभावक भएर बस्नुस् ।

यो देशको हितमा, पार्टीको हितमा विकास को हितमा र जनताको हितमा सर्वश्रेस्ठ हुनेछ र तपाइँहरुको मान, प्रतिष्ठा पनि कायम रहला अन्यथा पार्टीमा यस्तै लुछाचुँडी गर्ने, सत्ताको भागबन्डामा पार्टी एक हुने, नमिल्दामा अलग हुने, एकीकरण गर्ने, फेरि फुट्ने, स्वार्थी भावना उराल्ने, गुट उपगुट बनाउने, आफ्ना मान्छे नियुक्ति गर्ने राम्रालाई होइन हाम्रालाई अवसर दिने पार्टीका विरुद्धमा आआफ्नै ड्म्फु बजाउने, तपाइँहरु जस्ता नेतालाई पार्टीले अनुशासनको कारवाही गर्न नसक्ने हो र ? कहाँ छ पार्टीको अनुसासन समिति ? पार्टीको विधान, नेपालको संविधानभन्दा माथि तपाइँहरुको स्थान हो ? होइन भने तपाइँ यहि देशको नागरिक हो भने, पार्टीको सदस्य हो भने एक नेता हो भने तपाइँलाई पनि बिधान को धाराहरु लागू हुन्छ होला ? मान्नु पर्छ होला ? पदको दुरुपयोग गरेकोमा, पार्टीको हित विपरीत बोलेकोमा, पार्टीको गोपनियता भङ गरेकोमा, पार्टीको अनुशासन उल्लंघन गरेकोमा तपाइहरुलाई पार्टीले कारवाही किन नगर्ने ? यसर्थ यदि पार्टी फुटाउने कामभन्दा जुटाउने तिर लाग्नुस । पार्टीका एकीकरणका तमाम बाँकी कामहरु, योजनाहरु सम्पन्न गर्नेतिर लाग्नुस् । देश कोरोनाको महामारी ले ग्रस्त छ, त्यसमा ध्यान दिनुस् । बैठक गर्नुस्, समिक्षा गर्नुस । रणनीति तयार गर्नुस् । देश बनाउने, गासबास, शिक्षा, स्वास्थ्यका लागि जनतासँग हातेमालो गर्नुस् । होइन यसरी नै लडाइँ गर्ने, पार्टी फुटाउने, पार्टीका नीति सिद्धान्तहरुको उल्लंघन गर्ने, गोपनियता भङ्ग गर्ने, गुट उपगुटहरुको भेला गर्दै जाने हो भने यो सत्ता राजालाई नै सुम्पिदिए भो । जङ्गलबाट आएका नेताहरु जङलतिर जाउ, अन्य नेताहरु राजाको भुरेटाकुरे भएर बस यो भन्दा बेशि हैसियत पाउन नसकिएला । आज टिभी खोलेर समाचार सुनौ त, त्यहाँ पार्टीका विरुद्धमा, एक नेताले अर्को नेताका बिरुद्दमा विष वमन गरिरहेका छन् । सम्वादको अन्त्य भएको छ ।

पार्टीका बैठकहरु बस्दै नबसि सारेको साह्रै छ्न । केका लागि किन र कसका लागि ? हरेक समस्या हरु बैठक बाटै निरुपण हुन्छन् । बैठकबाटै टुङ्गो लगाउन सकिन्छ । पार्टी पद्दतिमा बहुमतको कदर गर्नुपर्छ । पार्टीको विधान, पद्दति, सिद्दान्त मान्नुपर्छ । त्यो पदमा पार्टीले पुर्याएको हो । सबैभन्दा ठूलो पार्टी हो जनताहरु हुन । र कार्यकर्ताहरु हुन् भन्ने ज्ञान पनि नहुने हो भने पार्टीको नेता कसरी भएकै होला भनेर एक पटक सोच्च्नुस् । अत पार्टी फुटाउने भन्दा जुटाउने मा लाग्नुस । लाखौंलाख कार्यकर्ता हरुको भावनामा चोट नपुर्याउनुस । मनमा खिन्नता नछाउनुस् । आखाका डिलभरि आँसु लिएर आज कार्यकर्ताहरु पार्टी नफुटोस् भनिरहेका छन् । यति भनिरहँदा यदि पार्टी फुटाउने कुनै पनि शब्द निकाल्नुभयो भने पार्टी फुटाउनु भयो भने, पार्टी त गयो गयो, तपाइहरु को लामो राजनिति इतिहास, राजनीति जीवन, पद प्रतिष्ठा, इज्जत, मूल्याङ्कन सब जानेछ । बेलैमा चेतना भया ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी