खनार,२१ कार्तिक । सुनसरीको ईटहरी उपमहानगरपालिका अन्तर्गत खनारमा रहेको धागो कारखाना रिलायन्स स्पिनिङ मिल्समा सोनिया भनिने सिर्जना राई मृत भेटिएकी छन् । मोरङको लेटाङ घर भएकी २० वर्षीया सोनिया रिलायन्समा मजदुरको रुपमा काम गर्दै आएकी थिईन् ।
विश्वका अर्बपतिहरुको सूचीमा रहेका भारतीय व्यापारी मुकेश आब्बानी प्रमुख रहेको सो रिलायन्स कम्पनीको वाथरुममा सोनिया मृत भेटिएपछि अहिले घटना सहस्यमय बनेको स्थानीयले बताएका छन् ।
उदयपुर घर भएकी अर्की यूवती प्रमिशा राइले आफनो पैसा हरायो र त्यो पैसा चोरेको भन्दै त्यहाँको कम्पनीको प्रसासनमा उजुर दिएकी थिइन्। प्रशासनले सोनियालाई जबर जस्ती चोर भनेर मानसिक यातना दिएको सोनियाका आफन्तले दाबी गरेका छन् । चोरी गरेको बिषयमा पैसा तिर्नु पर्ने कागज गराएपनि आपसमा बिबाद भई प्रमाण नपुगेपछि कागज त्यतिकै थन्क्याइएको बताईएको छ ।
प्रशासनले अनाबाश्यक दवाब दिएका कारण आत्म हत्या हो या हत्या हो ? भनेर सञ्चारकर्मीहरुले सोध्दा प्रशासन प्रमुखले सम्पर्कमा आउन चाहेनन् । बरु प्रहरी बोलाएर भित्र भित्रै शब व्यवस्थापन गर्न खोज्नुले घटना रहस्यमय भएको स्थानीयको भनाई छ । ठूलो संख्यामा स्थानीयहरु भेला भई घटनाको सत्यतथ्य ल्याउन भनिरहेका छन् ।
झण्डै ५ हजार जना महिलाले दैनिक काम गर्ने सो कम्पनीका प्रमुख महेश पोखरेललाई सम्पर्क गर्दा उनले पछि कुरा गरौला भनेर जवाफ दिए । अहिले पैसाको प्रलोभनमा पारेर आफन्तलाई हल्ला नगर्नका लागि दबाब दिएको बताईन्छ ।
मृतक सोनीयाको परिवार यो हत्या भएको भन्दै मुद्धा दायर गर्न ईलाका प्रहरी कार्यलय ईटहरी पुगेको छ । रिलायन्स र चोरीको आरोप लगाउने युवती प्रमिशा राई लगायत विरुद्ध मुद्धा लगाउने तयारी भएको छ । अहिले सोनियाको परिवार भाव विव्हल भएको छ । केही बर्षअघि सप्तरीकी एक महिलाको पनि मृत्यु भएकोमा पैसा दिएर मिलाएको चर्चा थियो ।
भिडियोमा हेर्नुस् सर्वसाधारण के भन्छन् ?


