साहित्यकार निरञ्जना चन्द“निरु”को अर्को मुक्तक संग्रह निरुपण

साहित्यकार निरञ्जना चन्द“निरु”को अर्को मुक्तक संग्रह निरुपण

  • शुक्रबार, कार्तिक २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 24.6K
    SHARES

शिक्षण पेशामा आवद्ध रहँदै साहित्य क्षेत्रमा सक्रिय निरन्जना चन्द“निरु” को अर्को साहित्यिक कृति निरुपण बजारमा आएको छ ।
यस अघि साईनो प्रकाशित भएको थियो । अहिले प्रकाशित निरुपणमा विभिन्न मुक्तकहरु समेटिएका छन् । त्यसै पुस्तकबाट लिएका तीन वटा मुक्तक यस्ता छन् ।

मुक्तक

रात उदास दिन उदास त कहिले बिहानी स्वम उदास भइदिन्छ
बन्छ कहिले हृदयको मलम त्यही बिहानी किन खास भइदिन्छ
मनै हो बसन्त मात्रै खोज्दैन सधैं छुट्टै हुन्छ रौनकता शिशिरमा
झरेका पहेँला पतझडहरु पनि मन लोभ्याउने उल्लास भइदिन्छ

मुक्तक

देशभक्ति पिठ्युँमा राखी छाती कुल्ची रुवाउँछौ देश किन
के गणतन्त्र भन्छौ तिमी उस्तै छ निरङ्कुश परिवेश किन
कोही रुग्ण रोगले मरेका छ्न कोही भोकप्यास शोकले यहाँ
नदेखी सत्तामा मत्ता गर्दछौ लाउँछौ व्यर्थै नेपाली भेष किन ।

मुक्तक
डुङ्गा खिएरै सकियो मेहनत न नदीले देख्यो न किनारले
दुखेका ती दुखाइहरु समहाल्यो न वारपारले न जंघारले
चले चल्दैरहने रोकिए सकिने एउटा यात्रा रहेछ जिन्दगी
जे सिकेँ सिकायो जिन्दगीले न सिकायो जितले न हारले

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी