लाश जल्दा सास यतै छुट्यो

लाश जल्दा सास यतै छुट्यो

  • आइतवार, कार्तिक १६, २०७७
  • प्रथा

  • 13.8K
    SHARES

कात्रो पनि भरिदिऊँ भन्थें रास यतै छुट्यो
आखिरमा त लाश जल्दा सास यतै छुट्यो !

उप्रोमाथि थुप्रो भए नि झनै रित्तो हुने मन
धनको लोभ मस्त चढ्यो बास यतै छुट्यो !

चुच्चे ढुङ्गो उही टुङ्गो हुँदोरहेछ जिन्दगानी
गाउँ घर छोडी शहर छिरें पास यतै छुट्यो !

दिनरात यसै बिते जुवाखालको डवलीमा
अन्तिम दाऊ थापूँ भन्थें तास यतै छुट्यो !

जग सारा यतै छोडी घोडा चढी अगि बढें
वैकुण्ठ सयर गरूँ भन्थे आश यतै छुट्यो !

पेट भरिन्न आङ ढाकिन्न थुपारेर के काम
नाङ्गै आएथें निख्लै गएँ खास यतै छुट्यो !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी