जरैबाट राजनीति फेर्न जरुरी छ

जरैबाट राजनीति फेर्न जरुरी छ

  • बुधबार, कार्तिक १२, २०७७
  • भरत रिमाल

  • 11.6K
    SHARES

विश्व राजनीति डेमोक्रेटिक हरुको बाहुल्य छ भने केही मुलुक हरु कम्युनिजमको अभ्यास गरिरहेका छन्। नेपालमा अहिलेका राजनीतिक संगठनहरुले भन्दै आएको समाजवाद, साम्यवाद वा पुँजीवाद जे भनिए पनि ब्यबहारिक, भूमि सुहाँउदो र समय सापेक्ष राजनीतिक मोडेल विकास भएको छैन। अहिले देखिएको राजनीतिक अन्यौल पनि आफ्नो मौलिक नीति विकास गर्नु भन्दा अन्य भूमि, समय र परिवेशमा अपनाइएका नीतिहरुलाई अहिलेको परिवेश अनुकूलता अध्ययन नगरीकनै सुगा रटान गर्नु, त्यसको सम्भाव्यताको अध्ययन नहुनु र विषय वस्तु हरुलाई सत्ताधारी हरुले आफू अनुकूल अपव्याख्या गरि राजनीतिक पथबाट बाहिर रहनु मुख्य कारणहरु हुन्।
कुनै राष्ट्रले सामाजिक र भौतिक विकासको गति लिन भूमि र जनताले निर्दिष्ट गरेको ब्यबहारिक व्यावहारिक राजनीतिक मोडेल विकास हुनु अपरिहार्य छ। ब्यबहारिक राजनीतिमा व्यवहार वा अभ्यासबाट प्रमाणित भएका र प्रमाणित हुने तथ्यहरूलाई राजनीतिक नीति बनाइन्छ, समाजका साना तह र तप्काबाट सामाजिक रुपान्तरण गर्दै रुपान्तरित समाजले सक्षम सत्ताको नेतृत्व निर्माण गर्ने हुन्छ। अहिलेका राजनीतिक संगठनहरुले सत्ता कब्जा गरी आफ्नो नीति लागू गर्ने नीति लिएका छन्, जुन ब्यबहारिक रूपमा सफल भएको छैन र यो युगमा सम्भव पनि छैन। अहिलेको व्यक्ति होस्, समाज होस् कसैले थोपरी दिएको नीति वा सिद्धान्तमा चल्न चाहँदैन र शक्तिको अडमा कुनै नीति या सिद्धान्त लाद्न खोजे तत्कालै
प्रतिकार हुन्छ र समाज बिद्रोही बन्दै जान्छ। प्रजातन्त्र वा लोकतन्त्रको नदिएर चुनावको मोहोरा बनाएर अभिमत लिने प्रणाली भनिए पनि अहिलेको व्यवस्थामा राज्यलाई लिने नीतिलाई जनताले अपनत्व महशुस गर्न सकेका छैनन् त्यसैले राजतन्त्र र लोकतन्त्रमा जनताले भिन्नता शासकको अनुहार बाहेक केहीमा पनि देखेका छैनन। अहिलेका राजनीतिक संगठनहरुले विभिन्न कालखण्डमा सत्ता पनि कब्जा गरे तर उनीहरूका नीति अव्यवहारिक हुनाले समाज रुपान्तरण हुन सकेन फलस्वरूप भ्रष्ट्राचार, निराशा र राजनीतिक अस्थिरताले देश नै थिल्थिलो भयो।

जब समाजको सानो इकाई देखिनै रुपान्तरण गरेर सत्ता सम्म पुगिन्छ, यसले समाज रुपान्तरण लाई संस्थागत विकास गरि राज्यको नीति बनाउन सकिन्छ, सूत्रबद्ध गर्न सकिन्छ तर जब बल वा धन र शक्ति प्रयोग गरि सत्ता कब्जा गरिन्छ, शासक र जनता बीचको नीतिगत बुझाइ व्यबहिरीक रूपमा नै धेरै फरक हुन्छ र द्वन्द सिर्जना भई राजनीति अस्थिर हुनपुग्छ जुन अहिले नेपालले भोगिरहेको छ। व्यावहरीक राजनीतिक अवधारणा अनुसार पहिले समाज रुपान्तरण गरिन्छ र रुपान्तरित समाजबाट सत्ता निर्माण गरिन्छ यसरी पद्धतिमा रुपान्तरित समाजले नै सत्ता निर्माण गर्ने हुँदा समाज र सत्ता वीच अन्यौल हुँदैन फलस्वरूप राज्यका काम समाजप्रति उत्तरदायी हुनछन।

व्यावहारिक राजनीतिमा मुख्य कुरा भनेको पहिले समाज रुपान्तरण गर्ने र रुपान्तरित ससमाबाट सबल सत्ता निर्माण गरि व्यावहारिक नीति हरुलाई संस्थागत गर्ने हुन्छ जहाँ हरेक नागरिकले राज्यको नीतिलाई आफ्नो नीति ठान्दछन्।
व्यावहारिक राजनीतिको वैचारिक राजनीतिक सिद्धान्त मौलिक समाजवाद हुनुपर्दछ जसले निम्न उल्लेखित सामाजिक मान्यता सम्बोधन हुनुपर्दछ।

१. सत्ताले समाज परिवर्तन गर्छ भन्ने मान्यतालाई हटाउनु पर्छ र परिवर्तित समाजले आफू अनुकूल सत्ता निर्माण गर्छ भन्ने तथ्यलाई अंगीकार गर्नै पर्छ।
२. सभ्य र विकसित समाज निर्माणको लागि सत्ता परिवर्तन होइन समाज परिवर्तन हुनु जरुरी छ।
३. अहिलेको शताब्दीमा समाज रुपान्तरण वर्ग युद्ध गराएर वा गरेर सम्भव छैन, सबै वर्गको अपनत्व हुने गरी जनचेतना र जनजीविका सम्बोधन हुने गरी समाजको तल्लो इकाई देखि नै अनुकूल मत निर्माण गर्नु पर्दछ।
४. यथास्थितिवादी र पुरातनवादी शक्ति विरूद्ध भौतिक कारबाही तथा आक्रमण होइन, उनीहरूलाई सैद्धान्तिक प्रशिक्षण र वैचारिक दवाव सिर्जना गरी क्रान्तिको बाटोमा सहयात्री बनाउने नीति लिनुपर्दछ, जसले गर्दा उनीहरू ले कब्जा गरेर राखेको श्रोत र साधन प्रयोग गरी समाज रुपान्तरण गर्नु पर्दछ।
५. श्रोत, साधन र सीपको विकल्प वा नयाँ संरचना होइन कि भएकै श्रोत साधन र सीपलाई
सबलीकरण र आधुनिकीकरण गरि अधिकतम उपयोग गरिनु पर्दछ।
६. श्रम शिविर स्थापना गरि भौतिक श्रमको महत्व बारे प्रशिक्षण दिने र समाज सुदृढीकरण क्याम्प स्थापना गरि मानसिक रूपमै समाज रूपान्तरणको बाटोमा लाग्ने सैद्धान्तिक प्रशिक्षण दिइनु पर्दछ जसले गर्दा हरेक नागरिकले आफूलाई समाजको शसक्त र जिमेवार प्रतिनिधिको रूपमा तयार गरि समाज रुपान्तरणमा नेतृत्वकारी भूमिका निभाओस।
७. समाजसेवी तथा स्वयंसेवक हरुलाई उच्च सम्मान गर्दै सबै नागरिकमा समाजसेवा र स्वयंसेवा जीवनको परम कर्तव्य बोध गराई स्वार्थ विहिन सामाजिक उत्तरदायित्व हरेक नागरिकको लक्ष्य बनाउनु पर्छ।
८. प्राविधिक र विज्ञहरुलाई समाजका सम्पदाको हैसियत दिई सेवा सुविधा सहित समाज रुपान्तरणका योद्धा बनाई आधुनिक प्रविधि र ज्ञानको विकास गर्नुपर्दछ।
९. हरेक नागरिक १६ वर्ष देखि आंशिक र २० वर्ष देखि पूर्ण रोजगार हुन् अनिवार्य गरिनु पर्दछ, भौतिक श्रम गर्ने हरुलाई ५५ वर्षको उमेर पछि र बौद्धिक श्रम गर्नेलाई ६५ वर्ष पछि अवकाश दिइनु पर्दछ।
१०. राज्यमा भएको श्रोत र साधन जसको स्वामित्वमा भए पनि राज्यले उचित संरक्षण गरी समान उपभोगको व्यवस्था मिलाउनु पर्दछ। अहिलेको विश्वमा जुन देशले माटो सुहाउँदो राजनीतिक मोडेल विकास गरे उनीहरू प्रथम विश्व राष्ट्र कहलिए भने नेपाल लगाएत जसले अरूको राजनीतिक मोडेललाई नक्कल गर्न खोजे ती तेस्रो विश्व यानिकी। Third World
Countries भनेर चिनिए। अत: नेपालको उन्नति र भलाईको निम्ति मार्क्सवाद, लेलिनबाद, माओवाद या गान्धीवाद होइन शुद्ध नेपालबाट विकास हुन जरुरी छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी