रातो टीका लगाएर
कानमा जमरा सिउँरेर
महामारीको यो समयमा
यो वर्षको दसैं मनाउँदैछु ।
सामाजिक दुरि कायम राख्दै
सतर्कता र सजगतापुर्वक
हर्ष उल्लास खुसीको साथ
घरमै बसेर दसैं मनाउँदैछु ।
यसपालि कतै जानु छैन
कसैलाई भेट्न जानु पनि छैन
आएन भनेर गुनासो नगर्नु
अर्कोवर्ष म पक्कै पनि आउनेछु
आशिर्वाद थाप्नेछु
यसपालि यस्तै भयो ।
यो वर्ष घरमै बसेर
घरमै रमाएर
मिठो – मिठो परिकार बनाएर
आफ्नै घरमै दसैं मनाउँदैछु ।
सुरक्षित हुनु छ सतर्कता
अपनाउनु छ
आँफु बच्नु छ
अरुलाई पनि बचाउनु छ ।
यो कोरोनाको कहरमा
यो विपदको समयमा
देशमा सुख शान्ति
समृद्धिको कामना गर्दै
सामान्य अवस्थामै रहोस्
यो मानिसको जनजीवन
भनेर प्राथना गर्दै
यो वर्षको दसैं
घरमै बसेर दसैं मनाउदै छु।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline