सिटीईभिटीको परीक्षा ८ मंसिरदेखि हुने, परीक्षा जुधेमा परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न आग्रह

सिटीईभिटीको परीक्षा ८ मंसिरदेखि हुने, परीक्षा जुधेमा परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न आग्रह

  • बिहिबार, कार्तिक ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

६ कात्तिक, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)ले कोरोना (कोविड १९) का कारण स्थगित परिक्षा म्रसिर ८ गतेदेखि सुरु गर्ने भएको छ । सिटीईभिटीले डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा ८ मंसिरबाट पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमै सञ्चालन गर्न निर्णय गरेको हो ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने सिटीइभिटीले जनाएको छ ।

कोभिड–१९ संक्रमण देखिएका परीक्षार्थीले भने होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बसेको प्रमाण पेस गरेमा छुट्टै परीक्षाको व्यवस्था गरिने भएको छ ।
परीक्षा जुध्न गएका परीक्षार्थीहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न भनिएको छ । सिटीईभिटीले डिप्लोमा÷प्रमाणपत्र तहको एक विषय मौका परीक्षा भने २२ कार्तिकमा सञ्चालन गर्ने भएको छ ।
यसअघि राष्ट्रिय परिक्षा बोर्डले बुधवार मात्रै कक्षा १२ को परीक्षा ९ मंसिरदेखि गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी