दलहरुले कार्यक्रम गर्दा कोरोना नसर्ने अनि मठमन्दिरमा पूजा पाठ गर्दा सर्ने ? विश्व हिन्दु परिषद्ले उठायो प्रश्न

दलहरुले कार्यक्रम गर्दा कोरोना नसर्ने अनि मठमन्दिरमा पूजा पाठ गर्दा सर्ने ? विश्व हिन्दु परिषद्ले उठायो प्रश्न

  • सोमवार, कार्तिक ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

कार्तिक ३ काठमाण्डौं । विश्व हिन्दु परिषद् नेपालले दलहरुले पार्टी प्रवेश जस्ता विभिन्न कार्यक्रम गर्दा प्रशासनले रोक नलगाएको तर दशैँ पर्वमा पनि मठ मन्दिरहरुमा दर्शन गर्न समेत रोक लगाएको भन्दै बिरोध जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “हालै विभिन्न राजनैतिक दलहरुको पार्टी प्रवेश कार्यक्रम एवं गत महिना देशका विभिन्न ठाउँहरुमा मुस्लिम समुदायले हात–हथियार सहित सुसज्जित भई मुहर्रम पर्व मनाई रहदा कही कतै प्रशासनद्वारा रोकटोक गरेको देखिएको थिएन । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्ने बहानामा हिन्दूहरुको महान पर्व दशैँमा समेत मठ–मन्दिर दर्शनमा रोक लगाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

पार्टी प्रवेश, शुभकामना आदान–प्रदान एवं भवन लोकार्पण कार्यक्रमको नाममा मन्त्री सहितको उपस्थितिमा हजारौको भीड एकत्रित गर्दा कोरोना संक्रमण नहुने तर हिन्दूहरुको पर्वमा मात्र संकक्रमण हुने ? नेशनल मेडिकल कलेजको उद्घाटनको क्रममा प्रमुख जिल्ला अधिकारी तथा सेना समेतको उपस्थितिमा हजारौंको भिड एकत्रित गरी सरकारद्वारा स्वयं नियमको धज्जी उडाउनु गम्भीर विषय हो । त्यस्तै भन्सार, कर तथा यातायात कार्यालयमा सयौँको भीड नियन्त्रण गर्न कुनै नियम कार्यन्वयन गरिनु सरकारको चरित्रमाथि प्रश्नचिन्ह खडा गरेको छ । विज्ञप्तिमा भनिएको छ ।

राजनैतिक लाभका लागि सरकारद्वारा एक बिशेष समुहलाई भीड–भाडका साथ सभा सम्मेलन गर्न छुट दिईनु र बहुसंख्यक हिन्दू समुदायको आस्थालाई बेवास्ता गर्दै मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिनु दुर्भाग्यपूर्ण एवं निन्दनीय रहेको छ ।

सरकारको यस्तै हिन्दू बिरोधी रबैया रह्यो भने हिन्दू समाज एवं विश्व हिन्दू परिषद नेपाल सरकार बिरुद्ध सडकमा उत्र्न बाध्य हुने चेतावनी पनि दिईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी