२४ घण्टामा कोरोनाले १८ जनाको मृत्युः १५०३ जना डिस्चार्ज

२४ घण्टामा कोरोनाले १८ जनाको मृत्युः १५०३ जना डिस्चार्ज

  • मङ्लबार, अशोज २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

असोज २७ काठमाण्डौं । नेपालमा कोरोना संक्रमितहरु निको हुने दर घटेको छ । केही दिन अघि सम्म ७३ प्रतिशत सम्म निको भएकामा घटेर अहिले ६८ प्रतिशतमा झरेको छ । आज ३५५६ जना संक्रमित बढ्दा जम्मा १५०३ जना मात्रले कोरोना जीतेका छन् । अहिले सम्म ७८ हजार बढी कोरोना मुक्त भएका छन् । जब कि संक्रमितको संख्या एक लाख १५ हजार नाघेको छ । सक्रिय संक्रमित ३५ हजार नाघेका छन् । अहिले आईसीयूमा ३०७ र भेन्टिलेटरमा ६६ जना बिरामी रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६६३ पुगेको छ। नेपालमा मृत्युसंख्या बढीरहेको छ भने निको हुने दर घटेको छ र संक्रमण निरन्तर बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ