कालीबिना मर्ने मान्छे गोरि कहाँ जान्छौं किन ?
सुरुवालभरी मुत्नेगरि ~खोयाबिर्के तान्छौ किन ?
घाम देख्यो घाम राम्रो ~~जुन देख्यो जुन भन्ने
सिन्दुरपोते पराईलाई, मलाई आफ्नै ठान्छौ किन ?
पुरानो घाउ खाटा बस्या ~ घरीघरी कोट्याउछौ
घोचपेचगरि सधैभरी ~ शब्द बाणले हान्छौ किन ?
नदिका दुई किनार भयौ ~~हाम्रो भेट हुन्न अब
शिबजीको प्रसाद भन्दै,गाजा भाङ खान्छौ किन ?
हाम्रो कथा भुल अब~आफ्नो आफ्नै संसार भयो
सजाएर मेरो नाउँको ~ ट्याटु तिमी हान्छौ किन ?
आधा जीवन गईसक्यो ~ चालिसेले छोइसक्यो
सयौंथरी फुल हुन्छन् ~~एउटै फुल मान्छौ किन ?
कस्तुरी झै बिना खोज्दै ~~ यत्रतत्र भौतारिन्छौ
सुनको थाली छदाछ्दै, पित्तलको लान्छौ किन ?
पुर्ण थापा ( काजी )
भानु -४ गोगनपुर, तनहुँ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline