यसपालीको दशैँ आयोे

यसपालीको दशैँ आयोे

  • शनिबार, अशोज २४, २०७७
  • -पूर्णबहादुर बस्नेत

  • 12.9K
    SHARES

मोबाइलको घण्टी बज्यो मैले भने बुबा दर्शन्
परबाट आमाको स्वर सुनियो यिनीहरु किन यस्तो गर्छन्

वर्षदिनमा एकपटक अनुहार देखाउन पनि यति गाहे कैले आउँछौ तिमीहरु
विदेशबाट मान्छेहरु घरगाउँ आइसके बरु
केही गर्न सकिन्न हेर् हामी बुढा भइसक्यौँ तेरै छ भर्
पैसा छैन मोबाइलमा ल तेरी आमासंग कुरा गर्

आमालाई मोबाइल दिदै बाबाले भन्नुभो खै मलाई दे गाबु
दर्शन आमा भने मैले आमाले भन्नुभो भाग्यमानी भएस् बाबु
आमाले सोध्नुभो के गछौ सब ठिकठाक छ नी त्यहाँ
मैले भने ठिक छ आमा खास नयाँ नौलो केही छैन यहाँ

मलिन स्वरमा आमाले भन्नुभो तिमीहरु आउँदैनौ वर्षदिनको चाडमा पनि
खोजिरहनुपर्ने तिमीहरुलाई सोधीरहनुपर्ने कैले आउँछौ भनि
हुन्छ आमा हामी सल्लाह गछौँ भनेको के थिए फोन त काटिएछ
कल व्याक गर्न मोबाइलको कि थिच्न थाँले आँखाबाट आँशु त्यसै आयो
छोराले पछाडीबाट कोट्याउँदै भन्यो बाबा यसपालीको दशैँ आयो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी