सबै तहको परीक्षा सञ्चालन गर्न सरकारले दियो अनुमति

सबै तहको परीक्षा सञ्चालन गर्न सरकारले दियो अनुमति

  • बुधबार, अशोज २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौँ असोज २१ । सरकारले कोरोना महामारीका कारण अवरुद्ध सबै विश्व विद्यालय र अन्य परीक्षाहरु सञ्चालन गर्न अनुमति दिएको छ । मन्त्रीपरिषद्ले सो स्वीकृति प्रदान गरेको हो ।
स्वास्थ्य मापदण्डको पालना गर्दै गत चैत्र यता स्थगित सबै परीक्षा गर्न स्वीकृति दिईएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

मन्त्रिपरिषद्को असोज १९ गतेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सबै परीक्षा सञ्चा‍लन गर्न स्वीकृति दिएको मन्त्री ज्ञवालीले बताए । ुनेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएको जनस्वास्थ्य एवं सुरक्षासम्बन्धि मापदण्डहरू पूर्णरूपमा पालना गर्ने गरी परीक्षासम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरू सञ्चा‍लन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको छ ।

सरकारले शिक्षक सेवा आयोगमा रिक्त रहेका अध्यक्ष र एक महिलासहित दुईजना सदस्य पदमा नियुक्तिको सिफारिस गर्नका लागि लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा सिफारिस समिति पनि गठन गरेको छ । उक्त सिफारिस समितिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेको मन्त्री ज्ञवालीले जानकारी दिए ।
साथै राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्तीसम्बन्धि प्रक्रियालाई सुचारु गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै लकडाउन जारी गरिएपछि एसईई, कक्षा ११ र १२ का परीक्षा रोकिएका थिए । एसईईको परीक्षा आन्तरिक मूल्यांकनमार्फत गरेर नतिजा प्रकाशन भए पनि अन्य परीक्षा भने हुन सकेका थिएनन् । कर्मचारी भर्नाका र विभिन्न विश्वविद्यालयका परीक्षा पनि स्थगित गरिएका थिए । मन्त्रिपरिषद्को यो निर्णयले अब ती परीक्षा सञ्चा‍लन हुने भएका छन् ।
अब संभवत दशै पछि कक्षा ११ र १२ को परीक्षा गर्न सकिने संभावना रहेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी