बढ्दो युवाहरुको निराशानै बिद्रोह जन्माउने बिऊ हो 

बढ्दो युवाहरुको निराशानै बिद्रोह जन्माउने बिऊ हो 

  • बुधबार, अशोज २१, २०७७
  • –वीरबल खड्का

  • 15.9K
    SHARES

राज्यव्यबस्था अन्तर्गत तीनै तहमा नातागोता र राजनीतिक दलका दलगत नेता कार्यकर्ता लाई मात्र राज्यबाट दिने विभिन्न सुविधा र अवसर ,साथै चुनाबमा निर्वाचित हुनलाई टिकट दिने देखी नियुक्ति र मनोनीत गर्ने प्रवृत्तीले गर्दा योग्य, सीप र दक्षता भएकालाई बिभेद गर्दै अवसरबाट बञ्चित बनाईन्छ । फलस्वरुप स्वदेश भित्रका शिक्षित युवाहरुको मस्तिष्कबाट निस्कदै गरेको सत्ता प्रतिको बितृष्णा होस याँ सरकारले गर्ने विभिन्न संबैधानिक तथा कुटनैतिक नियोगका नियुक्तिमा समेत आफ्नैलाई मात्र नियुक्ति गरेको पाईन्छ । पछील्लो उदाहरण सरकारले गरेका केही निर्णय हेर्दा सीमित व्यक्तिमात्र पटकपटक लाभका पदमा पुगेको देखिन्छ। यस्ता पात्रको रुपमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, पुण्यप्रसाद रेग्मी, उपेन्द्र कोइराला लगायत छन्।

सरकारको गलत कार्यशैली र मूल्यांकनले गर्दा कोही क्षमता भएर पनि अवसरबाट वञ्चित छन् भने कोही पटकपटक लाभका पद र अड्डामा पुगेका छन्। सरकारी कर्मचारी नै पटकपटक लाभको पदमा पुग्न सफल भएको देखिन्छ। कर्मचारी प्रशासनलगायत निकायमा कार्यरत रहँदा राजनीतिक नेतृत्वलाई रिझाएबापत उनीहरुले यस्तो पुरस्कार पाउने गरेका छन्।जसले गर्दा योग्य भएर पनि अवसरबाट बञ्चित बनाईएका ठुलो संख्याका बौद्धिकहरु पनि बिद्रोहको तयारीमा लागेको पाईन्छ।जन महत्त्वपूर्ण यस्तै अवसरको अभावमा आफ्नो र परिवारको जीवन बचाउन भनेर बिदेशी भुमिमा आफ्नो पसिना र रगत बगाउना गएका लाखौं युवाहरु आज कोरोनाको महामारी सगै रोजगार गुमाएर स्वदेश फर्किने क्रम जारी छ यसरीनै देश सञ्चालनको बागडोर समालिरहेका नेतृत्वले योजना बद्ध तरिकाले स्वदेश भित्रका योग्य र बिदेशबाट फर्किदै गरेका तमाम युवा शक्तिलाई देश विकासमा समेल गर्न सके देशले काचुली फेर्ने तथा अभुतपूर्ब सफलता पाउने धेरै संभावना हुनेछ।,

बिडम्बना के गर्ने बेवास्ताको सिकारमा रहन्छन बिदेशबाट फर्किने हरेक युवाहरु तथा अवसरको शुन्यताले छाएको स्थिति बनाईन्छ युवालाई तसर्थ अब फेरीपनि युवाहरुलाई अवसर बाट बञ्चित गरेर युवाहरु लाई निरासा पार्ने काम गरिदैछ, युवाहरुको निरासा बाट उत्पन्न हुने बिद्रोह देशका लागि धेरै नै घातक र खतरापुर्ण हुने संभावना छ।किनकि यस्ता किसीमका बिद्रोह कसैको पनि नियन्त्रणमा हुने छैन।

कोरोनाको कहरमा अनेकौं हण्डर खाएर भएपनि महामारीको बीचमा स्वदेश फर्किएका नागरिकले अब कोरोनालको महामारीले भन्दा पनि भोकले मर्न पर्ने बाध्यता भोग्नु पर्ने दिनको सामना गर्दै गर्दा पुन फेरी भोक बाट बाच्नकै लागि भए पनि, फेरी तीनै नागरिक पुन बिदेशीतिरै गईरहेका समाचार र बिभिन्न सामाजिक सञ्जालका पोष्टले पुष्टि गरेका छन् । जसले शासन सत्तामा बसेर जनतकोकाम गर्छु भन्नेहरुको असली अनुहार देखाईदिएको छ।

मातृभुमी छोडेर कुनै पनि नेपालीलाई बिदेशी भुमीमा गएर रगत र पसिना बगाउने चहाना हुदैन्न सहज अवस्थामा ता प्रदेश जान मन हुदैन्न भने जन यस्तो महामारीको समयमा हातमा झोला र स( साना लालाबाला बोकेर जीवनको निश्तरा चलाउनको लागि भारतमा चौकीदारी गर्नको लागी जाँदै गरेका आफ्ना नागरिकको तात्ती सिमानामा देखेर अलिकति करुणा दया र माया पलाएन्नरु यस्तै हो भने अब नेतृत्वले सोच्न पर्ने समय आएको छ।

युवा पंक्ति यश अगाडीका देशमा हुने हरेक परिवर्तनको आन्दोलनमा अगाडी हुने गर्थे किनकी उनीहरुलाई बिश्वास थियो कि हामीले ल्याउदै गरेको परिबर्तन आए पछी हाम्रा सबै दुस्खका दिन सकिन्छन् हामी उन्नतिको बाटोमा पुग्छौ भन्ने थियो तर के त्यो व्यबहारमा देखीयो त रुत्यसैले बर्तमान नेतृत्वमा रहेकाले समयमानै निराशालाई संबोधन गर्न नसके राजनीतिक परिवर्तनका बिभिन्न अभियासबाट पनि केहि नभए पछि निराशाबाट जन्मीदै गरेको अबको बिद्रोहले वर्तमान समयम नेतृत्वले राज्य सञ्चालनमा पुर्णरुपमा जिम्मा लिएर हाई ढुक्कले चलाईरहेको छ तर अब युवाका समस्या र निराशा बाट जन्मदै गरेको विद्रोह आगोको सानो झिल्को बाट मुसलो भएर साखाप पार्दैलगे पछि अहिलेका नेताहरुले यस्तै अवसर कहिले पनि नपाउने गरि अब यस्ता अवसरको सधैका लागी अन्तय गरिदिने खतरा बढेको छ।

उदाहरण ग्ब्भ् बाट हजारौं अल्पत्र आफ्ना नागरिक छोडेर खाली जहाज नेपाल फर्कनु जसले समस्यामा परेर हातमा पासपोर्ट बोकेर घर जान तयार रहेका एयरपोर्टको ढोकै बसेकालाई कस्तो बनायो होला रु यता साउदी अरबमा घर जान पाउ भनेर भोको पेटमा सडकमा आन्दोलन गर्न पर्ने र आफ्नै सरकार र दुतावासको बिरुद्धमा बिदेशी भुमीमा नारा लगाउनुलाई यसलाई नेतृत्वमा बसेकाले कसरी बुझ्दैछन् ,रोजगारकै लागि भनेर आएका हामी मजदुरलाई हर्ने आखा प्रष्ट भयो अब दुखले देश फर्कदै गरेका हरेक युवाले अब एक मुठी सास सगै बदलाको भवान बोकेर फर्किने छन् हेक्का रहोस जसको मूल्य कस्तो छ भन्ने कुरा समयले उत्तर खोज्ने छ जसलाई बिद्रोहको बीउ रोप्ने क्रियालापको रुपमा लिन सकिन्छ त्यस्तै मान परी राज्य सञ्चालन बाट सार्वजनिक सुविधारुको दुरुपयोग गेरेर नेतृत्वमा बस्नेहरुको जीवनको आर्थिक सुधार बढेर उच्च भएको छ तर जनता भने जन धेरै निराशा र दुस्खमा देखिएका छन।

न(सरकार न(संबैधानिकअंगहरु न( सुरक्षा निकाय सबैमा इमानदारीताको अभाव छ। फेरी जनताले एकै चोटी परिवर्तन र सुधार आशा पनि गरेका थिएन्न तर पनि कम्तिमा काम र जिम्मेवारि प्रती ईमान्दारिता होस भन्ने चहाना हो। अब निष्कर्षामा जनताले बुझेको परिवर्तनको लडाइँ बाट ल्याएको व्यबस्था समस्या हैन। व्यबस्थाको व्यबस्थापन गर्ने व्यबस्थापकहरुको खराबीको कारणले गर्दानै यो निराश उत्पन्न भएको छ भन्ने निष्कर्षमा नागरिक पुगेका छन्।

नेता र नेताका आसेपासे मोटाउने अनि जनतालाई चुस्ने र सुकेनाश लाग्ने प्रवृत्तीनै निराशाको कारण हो ।अवसरबाट बञ्चित युवाले क्षमता अनुसारको काम र आधारभुत आवश्यकताको ग्यारेन्टी हुनु पर्छ भन्ने हो र यस्ता कुरालाई सरकारले समधान गर्नु पर्छ र युवाका निराशालाई समयमै संबोधन गर्नु पर्छ।अन्तत् देशको युवा शक्तिलाई विकास र समृद्धिका लागि परिचालन गर्ने सवालमा राज्यले पनि स्पष्ट नीतिगत व्यवस्था सहितका ठोस कार्यक्रम ल्याउनु जरुरी छ भने आम युवापङ्क्तिले पनि अब देशको समग्र आर्थिक, राजनीतिक, सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा रचनात्मक हस्तक्षेपकारी भूमिका निर्वाहका लागि पहलकदमी लिनुपर्छ ।

सामाजिक रुपमा सक्रिय युवाहरुले पनि हाम्रो आफ्नो मौलिक आवश्यकता अनुसारको नीति तथा कार्यक्रम बनाएर अघि बढ्नुपर्छ, ताकी दाताले पे्रस्क्राइब गरेको फम्र्याटमा खाली ठाउँ भरेर विदेशी अनुदानकै अपेक्षा गर्ने । अनि राजनीतिक रुपमा सक्रिय युवापुस्ताले पनि समग्र राजनीतिक सुधारका लागि पहल लिनुपर्छ, केवल आफ्नो व्यक्तिगत र समूहगत स्वार्थका लागि नेतृत्वसँग बार्गेनिङमै केन्द्रित हुने होइन । यसो भयो भने कम्तीमा युवामा बढ्दै गएको असन्तुष्टि कम हुन्छ र युवा शक्ति रचनात्मक बन्न सक्छ। यदि उल्लेखित कार्य गर्न पनि नदिने र सधै राजनीतिले युवा प्रयोग नीति लिन तर अवसर केही पनि नदिने सधै युवाशक्तिलाई पहुँच बहिर बनाउने काम गरे भोली निम्तीने बिद्रोह कल्पना गरे भन्दा फरक र कहालीलाग्दो हुनेछ दृष्टान्त रोजगार गुमाएर भोको पेटलाई नमलोले बाधेर सडक निश्केका युवाहरुको जमात र अभाबकै कारणले अत्मा हत्या गर्नेहरुका परिवार र बिदेशमा ५५डिग्रि तापक्रम बाट पाकेर फर्किएको युवाहरुको बिद्रोह आत्माघाति हुनेछ समयमै जिम्मेवार निकायले बुझ्नु जरुरी छ।
–वीरबल खड्का,धनकुटा पाख्रिवास हालःदोहा कतार।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी