किशान नेता भीमदत्त पन्तको हत्या कसरी भयो ?

किशान नेता भीमदत्त पन्तको हत्या कसरी भयो ?

  • सोमवार, अशोज १९, २०७७
  • -दिपेन्द्र सिह ऐरी

  • 12.8K
    SHARES

“बम्वै जान्या गाडीमा दिल्लीको मालआयो
गरिबका दिन आया ठालुको काल आयो” ।
किसान नेता भिमदत्त पन्त शुदुरपश्चिम डडेल्धुरा को कारीगाउँमा पिता तारानाथ र आमा सरस्वती देबी को कोखबाट १८८३ मंसिर १०गते जन्मिएका भिमदत्त पन्त बाल्यकालबाटै एक सक्षम र कुशल क्रान्तिकारी बिचारबाट भरिपूर्ण ब्यक्ति थिए। उनले भारतबाट म्याट्रिक पास गरेका थिए।म्याट्रिक पास गरेर घर फर्कदा पिता तारानाथ देहवान भएको थियो ।
भिमदत्त को घरयासि समस्या कै कारण कलिलै उमेरमा पार्वती संग बैवाहिक बन्धनमा बाधि सक्नु भएका थिए, पार्वतीको कोखबाट दुई छोरा एक छोरीको जन्म भएका थिए तर जिवित रहेनन् ।
उनी एक प्रगतिशील ब्यक्ति भएकै कारण छुवाछूत मुक्त समाज निर्माण गर्न दलितहरु को घरमा गएर आफै पानी पिउने गर्दथे।
उनले नेपाली कांग्रेसको सदस्यता पनि लिएको भन्ने ईतिहासका पानामा हेर्दा पाईन्छ,तर कम्युनिस्ट नेता निरन्जनगोबिन्ध बैधले भनेका छन। उहाँ लाई उहाको मुल्यकन गरेर भिमद्त्त लाई पश्चिम किसान संघ खोल्ने अनुमति दिएर पठाएको कम्युनिस्ट नेता बैध दाबीसमेत गर्दछन्।
२००७सालको क्रान्तिमा कैलालीको कनरी चौकि कब्जा गरका थिए । मुक्ति सेनाले ००७ पुस ८गते कन्चनपुको बेलौरी पछि ब्रहम्देवमण्डी कब्जामा लिएका थिए ब्रहम्देवमण्डी पछि डोटी डडेल्धुरा र बैतडी कब्जाको लागि रुप सिह सेखर शर्मा र गौरिलालको टोली मा भिमदत्त पन्त पनि थिए । त्यो खवर स्थानीय सामन्तीहरुले सुनेर सामन्तीहरुमा खैलाबैला माच्चिएको थियो । मुक्ति सेनाले २००७साल पुस २६गते डडेल्धुरा कब्जामा लिएका थिए स्थानीय सेठ मोहनसिंह खडायतको घर लुटेको झुटा आरोप लगाएर षड्यन्त्र प्रति अनविज्ञ रुपले सिहले भिमदत्तलाई भौतिक कार्वाही गर्ने निर्णय गरे अनन्तमा उनी निर्दोष सावित भए ।
मुक्ति सेनाले ००७ माघ २गते डोटी कब्जा गरे र त्यसपछि भिमदत्तलाई डडेल्धुराका गभर्नर घोषणा गरका थिए । राना र काँग्रेस बिच दिल्ली सम्झौता पछि काग्रेसले शसस्त्र क्रान्तिको स्थापना गरेका थिए। तर भिमदत्तले दिल्ली सम्झौताको घोर निन्दा गर्दै आफ्नो गतिविधि जारी राखे तर सरकारले रोक्न निर्देशन गरेको थियो २००८मा मेजर मानन्धरको नेतृत्वको फौज डडेल्धुरा पुगि नेता भिमदत्तलाई नियन्त्रणमा लियो । त्यहीँबाट डोटी धनगढी हुदै काठमाडौं जेल चलान गरे २००९ मा जेलमुक्त भईसकेपछि पन्त पुनः डडेल्धुरा फर्के र त्यतिबेला पुर्वी पस्चिममा किसान आन्दोलन चर्केको थियो। किसान मुक्ति मुख्य एजेन्डा बनाए र कञ्चनपुरको ब्रहम्देवमा भन्सारका कर्मचारीहरुले नुनको कृतिम अभाव गरेको खवर पाएपछि त्यहीबेला भन्सार नियन्त्रणमा लिए जनताहरुलाई नुन बाँडेका थिए। त्यतिबेला लोकप्रिय नेता भिमदत्तलाई पक्रिन सहज थिएन त्यसपछि २००९ चैतमा बडा हाकिम धैर्य समसेर भारत को बनवासामा आएर बसेका थिए । त्यतिबेला ब्रहम्देवमा रहेका भिमदत्त र कृषण स्वामी आयंगर राति सुतिरहेको बेला पक्राउ गरी धैर्य समसेर का पुर्याए । त्यहीँबाट आयंगरलाई भारत समक्ष सुपुर्दगि गरि भिमदत्तलाई बेलौरि जेलचलान गरे ।
२०१० असार १० गते बेलौरी जेल ब्रेक गरि पन्त भाग्न सफल भए । डडेल्धुराको बुडरमा ब्यपारी प्रमनन्दलाई कार्वाही गरि दलबल सहित ब्रहम्देव पुगे ब्रम्हदेव भन्सारका सुब्बा जयदेब डिठ्ठा,धर्म रावल र जोगा ऐरलाई बोरिमा बाधेर महाकालीमा बगाएका थिए। त्यहि दलबलका साथ बेलौरि कब्जा का लागि भिमदत्त अघि बढे । त्यहा हुँदै कैलालीको बडेहा गाउँमा आएर रोकिए गाउँ बाट बाहरिएको पन्तको लडाकु टोली र भारतीय सेना बिच निरन्तर पाँच घण्टा लडाइँ चल्यो भिडन्त कै बेला भारतीय २ सेनाको मृत्यु भयो र पन्तका पनि २ सेनाहरुले सहादत प्राप्त गरे । भारतिय सेना संगको बेहडामा भएको भिडन्त पछि भिमदत्त खिन्वा कार्की बहादुर खत्री वीर बहादुर खडायत र मोहन सेठि संगै बुडर पुगेका थिए । तर, डडेल्धुरामा पुगेका सेठि पक्राउ परे सुरक्षाकर्मी को चरम यातना पछि उनले भिमदत्त बुडरमा रहेको बताए पछि भिमदत्त का मीत लालबहादुर थापा, कर्ण सिह देउवा,तप्त बहादुर,भिम्वाको टोली भिमदत्तलाई खोज्दै बुडर पुग्यो।
तत्कालीन मातृकाको सरकारले भिमदत्तको जिउँदो वा मृतक शरीर ल्याउने लाई रु ५००० नगद पुरुषकार दिने घोषणा गरेको थियो । प्रलोभनमा परेर उनका मीत लालबहादुर थापा भिमदत्तको खोजीमा हिडे । गाउँमा गएर जनतामा भ्रम फैलाउदै म उनको मीत हुँ र उनको सुरक्षा कोलागि आएको हुँ भन्दै हिडे २०१०साउन १७ गते गल्लेकमा स्थानीय हमजालि मगरको घरनजिकै कुसको छाना भएको कटेरमा थिए।
उनका मितले डराई धम्काई फकाई गरेर पनि उनि भएको ठाउँ पत्ता लगाएर छाडे उनका मीत उनी भएको घरमा प्रवेश भिमदत्त पन्त खाना खाईरहेकै बेला उनका मितले गोली प्रहार गरे । घाइते पन्तले शोषक सामन्तीहरुका बिरुद्ध नाराहरु लगाए । तप्त बहादुरले दोस्रो राउन्ड गोलिमा उनको ज्यान लिए । मृतक शरीर बाट टाउको छिनालेर रातारात लालबहादुर को टोली डडेल्धुरा पुगि बडाहाकिम मोहनबहादुर सिहलाई बुझाए साउन १८ गते गोश्वारा अगाडि रहेको भैरव स्थानमा बाँसको डण्डामा झुण्डाएर भिमदत्तको टाउको प्रदर्शन गरे ।
टाउको मुनि लेखे , देश द्रोहि राज्य द्रोहि लाई यस्तै हुनेछ। श्रीमान्को मृत्युको खवर सुनेर पार्वती देबि बडाहाकिम का पुगिन र उल्टै हप्काए । अन्तमा ३१ शर्तको कागजमा सहिछाप गराएर पार्वतीलाई टाउँको दिए,धर्मदेव पन्त,सिद्दराज पन्त शिव उप्रेती सोवे सार्की र फकिडे सार्की लगायत ५जनाले घटना स्थल नजिकै दाहसंस्कार गरे।
गरिब किसानको लागि प्राण आहुती दिएका लालयोद्धा थिए किसान नेता भिमदत्त पन्त उनि एक अथक र कुुसल नेता थिए भिमदत्त पन्त उनका सपना पूरा गर्न अधुराकाम हरु पूरा गर्ने जिम्मेवारी आज हाम्रो काँधमा आएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी