तलबको माग राख्दै बोडिङ्गका शिक्षकद्वारा बिरोध प्रर्दशन

तलबको माग राख्दै बोडिङ्गका शिक्षकद्वारा बिरोध प्रर्दशन

  • आइतवार, अशोज १८, २०७७
  • डम्मर राज भट्ट

  • 15.2K
    SHARES

कन्चनपुर असोज १८ ।
कञ्चनपुरका निजी विद्यालय(बोडिङ्ग स्कुल)मा कार्यरत शिक्षकले तलबको माग राख्दै बिरोध प्रर्दशन गरेका छन् ।
आइतबार महेनद्रनगरमा बिरोध प्रर्दशन गरिएको निजी विद्यालयको शिक्षक संगठन संस्थागत विद्यालय शिक्षक यूनियनका सचिव शंकर जोशीले बताए ।

जोशीका अनुसार भाँसीदेखि विभिन्न सरकारी कार्यालय बजार हुँदै मदनचोकमा कोण सभा गरेर समापन गरिएको छ । संस्थागत विद्यालय शिक्षक यूनियन कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष माधवराज पन्तले निजी विद्यालयले श्रम शोषण गरेर कोरोना महामारीका बेला तलब नदिएकाले बाध्य भएर बिरोध प्रर्दशन गरिएको बताए । संस्थागत विद्यालय शिक्षक यूनियन सुदूरपश्चिम प्रदेश सदस्य धनन्यज जोशीले माग पुरा नभएसम्मका लागि आन्दोलन जारी राख्ने बताए ।

कञ्चनपुरका विद्यार्थी नेता नरेन्द्र भाटले कोरोना लगायतका कारण देखाएर शिक्षकलाई मारमा पार्न नहुने बताउदै पारिश्रमिक दिनुपर्नेमा जोडदिए । उनले कुनैपनि बहानाबाजी नगरि शिक्षकलाई तलब दिनुपर्नेमा सुझाव दिए ।

निजी विद्यालयका शिक्षकले सरोकारवाला पक्ष नै मालिकको पक्षपोषणमा लागेकाले आफुहरु मारमा परेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी