कालो गोरो रङ देखेर व्याबहार गर्नेहरु हो
एक पटक सन्तान सम्झिएर हेर
तिम्रा सन्तानलाई बिभेद गर्दा बिरोध गर्नेहरू हो
एक पटक हेपिएको पल सम्झेर हेर
कति पीडामा हुन्छन् बिचरा ती साथीहरू
एक पटक खुशी दिएर हेर।
शहरिया बनि आफू,अरुलाई पाखे भन्नेहरू हो
एक पटक गाउँमा पुगेर हेर
केराको बोटलाई नरिबल भन्दै सेल्फी खिच्नेहरु हो
एक पटक बास्नादार स्वास फेरेर हेर
कति चौडा हुन्छन् ती छातीहरु
एक पटक खुशी दिएर हेर।
बिहे गर्दा जात सोध्नेहरु हो
एक पटक रगत लिएर हेर
बिरामी हुँदा अस्पतालमा छट्पटाउनेहरु हो
एक पटक धन्यवाद दिएर हेर
कति खुशी हुन्छन् ती दलित जातिहरु
एक पटक खुशी दिएर हेर।
– पदमकुमार श्रेष्ठ ” अरबिन्द “
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline