एउटा गुँडमा जोडी चरा बस्थे घरजम गरी
शिकारीले तीर हान्यो गोली थरीथरी
छातिमाथि गोली लाग्यो भुईँमा झर्यो चरो
चरी रुन्छे बच्चासंग गुडमा धरधरी
छटपटिँदै घाइते चरो हेर्छ गुँडतिर
अनि हेर्छ शिकारीलाई दुवै आँखाभरि
आफैँसंग शिकार लिइ शिकारी त गयो
रह्यो केवल गुँडमा भने नरोकिने झरी
मनमा चरो मुखमा चारो चरीको दिनचर्या
यसैगरी बिते दिन काला राता सरी
बच्चा हुर्के उडी गए चरी एक्लै गुँडमा
हेर्छे आकाश भन्छे म नि आउँछु चाँडै मरी
डा. वीरेन्द्र केसी
दाङ
हाल न्युजिल्याण्ड
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline