बिकाससगै बिनाश गर्ने बिज्ञान लेख्छ ऊ।
सधै अमर रहन सेवाको किताबमा दान लेख्छ ऊ।
मानवता बिक्रिगर्ने पापी शहरमा बसेर,
अपरिचित रोक्न घरको ढोकामा साबधान लेख्छ ऊ।
शास्त्रका मान्त्रलाई जगाएर ईतिहास फेर्ने कोशीसमा,
आफैले हारेको युद्धको स्वाभिमान लेख्छ ऊ।
न्याय मारिएको समाजमा बसेर,
आफै भित्रको निराशाको बयान लेख्छ ऊ।
औसीको रातमा हराएका जुन पुर्णिामा पर्खाईमा बस्छ,
रात्रीकालिन समय भित्रका आशा बिहान लेख्छ ऊ।
-वीरबल खड्का पाख्रिबाँस धनकुटा, हाल दोहा कतार।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline