असोज १६ काठमाण्डौं । टिकटकमा लाईभ गरीरहेका बेला पूर्व पतिले आगो लगाएर घाईते भएकी चीनीया टिकटक स्टार लामुको मृत्यु भएको छ ।
‘लाइभ’ गरिरहेकै बेला उनका पूर्वपतिले पेट्रोल छर्केर आगो लगाउदा घाईते भएकी उनको उपचारको क्रममा मृत्यु भएको बिबिसीले जनाएको छ । उनी सिचुआन प्रान्तकी थिईन् ।
भिडियो लाइभमा आएकी ३० वर्षीया लामुको पेट्रोल छर्केर आगो लगाएर जिउदै जलाउने प्रयास भएको थियो । त्यस पछि अस्पताल पुर्याईएकी उनको दुई साता पछि मृत्यु भएको थियो ।
बिबिसीका अनुसार लाइभमा आएकी लामुको लाइभमा स्क्रिन कालो भएको थियो भने लाइभ हेरिरहेका प्रयोगकर्ताले उनी चिच्याएको आवाज सुनेका थिए । ती महिला चिनियाँ संस्करणको टिकटक डोइनुमा चर्चित थिइन् । लामुका पूर्व पतिलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline