अखिल क्रान्तिकारीद्धारा अन्तरक्रिया कार्यक्रम सगैँ स्वास्थ्य सामाग्री वितरण

अखिल क्रान्तिकारीद्धारा अन्तरक्रिया कार्यक्रम सगैँ स्वास्थ्य सामाग्री वितरण

  • बिहिबार, अशोज १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

असोज १५ कैलाली । अखिल क्रान्तिकारी कैलाली जिल्ला कमिटिले कोभिड १९ को कहर संगै बिगत लामो समय देखी बन्द रहेका शैक्षिक संस्थाहरु छितपिट संचालनमा आय संगै सिफ्टवाइज पढाइ भैरहेका बेला जिल्लामा सन्चालित बिभिन्न बिद्यालयमा अन्तरक्रिया कार्यकम गर्नुका साथै शिक्षक र विद्यार्थी एवं कर्मचारीलाई निशुल्क मास्क, सेनिटाईजर वितरण गरेको छ । संगठनका कैलालीका जिल्ला अध्यक्ष सुबास किरण जोशीको नेतृत्वमा स्वास्थ्य सामाग्री वितरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरकियामा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंहले राज्यले कर संकलन गर्ने केन्द्रहरु भन्सार,मालपोत,नापी,राजस्व तथा स्थानीय निकायमा स्वास्थ्यको ख्याल नगरी बाक्लो भिड्भाड गरेर पनि कर असुली गर्ने तर शैक्षिक संघ संस्थाहरु,उद्योग ब्यवसायी,यातायात ब्यवसायी धारासायी हुदा र भविस्यका कर्णधार बिद्यार्थीहरुको शैक्षिक बर्ष खेर जानै लाग्दा समेत राज्यले कुनै विकल्प खोज्न नसक्नु लज्जास्पद भएको बताए ।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी करणले यस्तो संकट को बेला पनि सरकार शैक्षिकक्षेत्र प्रति गैरजिम्मेवार बनेको , भ्रष्टाचारिलाई कार्वाही गर्नुको साटो सरकार आफै भ्रष्टाचारमा संलग्न रहेको बताए । महामारी को बेला पनि आफ्नो कार्यक्षेत्रमा खटिरहेका कर्मचारी , सुरक्षाकर्मी , स्वास्थकर्मी , पत्रकार , किसान ,मजदुर, विद्यार्थी लगायत आम जनसमुदायको स्वास्थ्य परिक्षण गर्न उनले माग गरे ।

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी