चटपटे खान भनेर राति पुगेका १५ बर्षे बालकले भेष्ट र रुमालले मुख र घाँटी थिचेर बालिकाको हत्या गरेको पुष्टी

चटपटे खान भनेर राति पुगेका १५ बर्षे बालकले भेष्ट र रुमालले मुख र घाँटी थिचेर बालिकाको हत्या गरेको पुष्टी

  • सोमवार, अशोज १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

असोज १२ सुनसरी । समाजमा गंभीर अपराब बढीरहेको छ । बालबालिका समेत हत्यामा संलग्न हुन थालेको देखिएको छ ।
प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र १ कटहरे स्थितमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ बर्षीया एक बालिकाको हत्या भएको पुष्टि भएको छ । २०७७ साल असोज १० गते २ बजे राती १२ बर्षीया मिना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिईन । छिमेकीको घरमा धामी लगाई सकेर विहानको २ बजे राती घर फर्केका परिवार ढोका खोलेर भित्र पस्दा आफ्नो छोरी मिना राईलाई मृत अवस्थामा फेला पारे पछि प्रहरीलाई खबर गरेका थिए । त्यस पछि अनुसन्धान थालेको प्रहरीले मृतक बालिकाको शव संकास्पद देख्यो । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट डग सहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले मिनाको हत्या भएको पुष्टि गरेसंगै उनको हत्यामा संलग्न सोही स्थानका १५ बर्षीय बालकलाई नियन्त्रणमा लिएको छ । घरमा बालिका मात्र एक्लै रहेको अवस्थामा राती १० बजे तिर १५ बर्षीय बालक रञ्जित राई चटपटे खान भनि गएको अवस्थामा उनिहरु बिच बादविबाद हुदा ति बालकले मिनालाइ सिँसाको बोत्तलले टाउँकोमा प्रहार गरी भेष्ट र रुमालले घाँटीमा कसेर उनको हत्या गरी आफु आफ्नै घरमा गएर सुतेको उनिमाथी गरिएको सोधपुछका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
मिना भने घर पनि रुङ्ने र सुत्ने भनि रातको १० बजे घर फर्किएकी थिईन् । उनीहरुको घरमा सानो पसलपनि सञ्चालित थियो । मिना घर पुगेपछि रञ्जीत चटपटे किन्ने भन्दै गएका थिए । नाताले मिनाको रञ्जित मामा पर्ने बताईएको छ ।
केही दिन अघि ट्रयाक्टरले गाँउमा मान्छे किचेर फरार समेत रहेको देखिएको छ । अदालतबाट म्याद थपेर उनीमाथि अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ