एजेन्सी ।
बलिउड अभिनेत्री कंगना रनावत फेरी विवादमा तानिएका छिन् । भारतमा आन्दोलनमा उत्रिएका किसानलाई ‘आतंककारी’को उपमा दिएपछि उनी पुन: विवादमा तानिएकी हुन् ।
आन्दोलनका किसानहरुलाइ ‘आतंककारी’ भनेपछि उनीविरुद्ध किसानहरुले अदालतमा मुद्दा दायर गरेका छन् ।
किसानले गरेको आन्दोलनविरुद्ध अभिनेत्री कंगनाले ट्वीट गर्दै विरोध जनाएको भन्दै कर्नाटकका किसानहरुले उनीविरुद्ध त्यहाँको तुमकुर जेएमएफसी अदालतमा मुद्दा दायर गरेका हुन ।
किसानहरुले पाँच वटा फरकफरक धाराको आधारमा कंगनाविरुद्ध मुद्दा दायर गरेका हुन् ।
नयाँ विधेयकको पक्षमा सडकमा माग उठाउँदा कंगनाले कसैको इसारामा आफूहरुलाई कमजोर तुल्याउन खोजेको किसानको भनाइ छ ।
कंगनाले केही समय अघिमात्र आफ्नो स्डुडियो गुमाएकी थिइन् । त्यसो त उनी शुसान्त सिंह राजपुतको आत्महत्या केस देखि धेरै चर्चामा आएकी थिइन् । अब भने उनी किसानहरुको कारण विवादमा फसेकी छिन् ।