एजेन्सी ।
शुसान्त सिंह राजपुतको आत्महत्याको केसबाट आएको अर्को बृहत विषय बनेको ड्रक्स केसमा शनिबार नारर्कोटिक्स सेन्ट्रल ब्यूरो ९एनसीबी० ले एक्सन मोडमा बलिउडका तीन अभिनेत्री दीपिका–सारा–श्रद्धासँग लगातार सोधपुछ गरेको छ । उक्त दिन कटाउन बलिउडका तीन अभिनेत्रीलाइ धेरै सकस भएको थियो । सोही दिन दीपिका–सारा–रकुलको मोबाइल जफतसमेत गरेको छ ।
सोधपुछका क्रममा दीपिका तीन पटक रोएको भारतीय मिडियाले आफ्नो एक समाचारमा यल्लेख गरेका छन् ।
एनसीबी अधिकारीले दीपिकालाई हातै जोडेः
स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बताएको छ, ‘दीपिकासँग सोधपुछ भइरहेको बेला दीपिका तीनपटक रोएकी थिइन् । यो देखेपछि एनसीबीका अधिकारीले उनलाई इमोशनल कार्ड नखेल्न सल्लाह दिएका थिए । एनसीबीका अधिकारीले हातै जोडेर उनलाई रुनुको साटो वास्तविकता बताइदिन आग्रह गरे । दीपिकाले सबैकुरा साँचो बोलेमात्रै उनको लागि राम्रो हुने बताइयो ।’
एनसीबीले दीपिकाको मोबाइल पनि जफत गरेका छन् त्यसैले अब एनसीबीको अनुसन्धान त्यसै दिशामा अघि बढ्ने स्रोतले बताएको छ ।
दीपिकाको ड्रक्सको स्विकारोक्तिः
साढे पाँच घण्टासम्म चलेको सोधपुछमा दीपिकालाई सुशान्त सिंह राजपूत वा रियासम्बन्धि केही पनि प्रश्न सोधिएन । एनसीबीको सबै ध्यान दीपिकाको करिश्मासँग ड्रग्सबारे गरिएको कुराकानीमा मात्रै केन्द्रीत थियो । च्याटमा जुन ड्रग्सबारे कुरा भइरहेको थियो, आफू त्यसको हिस्सा भएको उनले स्विकार गरेकी छिन् ।
यद्यपि, दीपिकाले आफूले ड्रग्सको सेवन गरेको भन्ने आरोप ठाडै अस्विकार गरेकी छिन् । उनले ड्रग्स ओसारपसार गरेको आरोप पनि अस्विकार गरेकी छिन् ।