राष्ट्रिय सम्मानका साथ आरोही आङरिता शेर्पाको अन्त्येष्टि(तस्वीरहरु)

राष्ट्रिय सम्मानका साथ आरोही आङरिता शेर्पाको अन्त्येष्टि(तस्वीरहरु)

  • बुधबार, अशोज ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

असोज ७ काठमाण्डौं । कीर्तिमानी आरोही आङरिता शेर्पाको आज बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो ।
शेर्पाको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । त्यस्तै सशस्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो ।
आङरिता शेर्पाको सोमबार ७२ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो  । विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका शेर्पा हिम चितुवाको नामले समेत चर्चित थिए । उनले नेपालका सबै ८ हजार मिटर माथिको हिमालहरु विना अक्सिजन आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । त्यस बाहेक पाकिस्तानको कठिन मानिने केटु हिमाल पनि आरोहण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी