स्वर्गभन्दा पनि अति नै राम्रो छ यो देश हाम्रो ।
तराई , पहाड , हिमाल ले आफै नै सजिएर राम्रो।।
प्राकृतिक स्वन्दर्य छदैछ आफैमा अरु पो के चाहियो र।
स्वर्गीय आनन्दि छदैछ यो देस किन सजाउनु पर्यो र।।
आफ्नै देशमा छन् अनेकौं खानि इस्वरले वर दिएको ।
आफ्नै छ संस्कार संस्कृति अनि भेसले नै सजिएको।।
किन पो बेच्दै छौ रे आफ्नै इज्जत र स्वभिमान लाई।
एम सि सि भन्दै सुम्पदै छौ रे नेपाल को ईमान लाई।।
हे रास्ट्र्घाति दलाल हो १ किन पो यो नाटक गरेको।
समृद्ध नेपाल बनाउछौ १भनि देस नै बेच्न लागेको।।
किन चाहियो र पराइको सासन आफै स्वतन्त्र बाच्नेहो।
ढिडो र गुन्द्रुक खाएपनि आफ्नै संस्कारमा रमाउदै नाच्नेहो।।
नेपालमा छैनन् कि सेनाहरु १ अमेरिकी सेना नै चाहिने ।
आफ्नो देसमा सत्ताको सासन अरुलाई सजिलै सुम्पने।।
अर्काको घर बिगार्न अनेकौ लोभ देखाउनेको पछिलागी ।
आफ्नो अस्तित्व बेच्ने हौ कि तिमीहरू कुनै लाजै नमानि।।
कतिपो लोभिन्छौ अर्काको क्षणभर तामसि धनमा।
बाच्न पाउनु पर्छ नेपाली जनताले आफ्नै स्वभिमानमा।।
सिखन्डि ,सकुनि र धन्दुकारि हरुले गर्दा हो यो देस रोएको।
नामर्द र ब्यभिचारिहरुले गर्दा नै हो जनताले दुस्ख पाएको।।
आज रमाई रमाई बेच्दै छौ आफ्नो देस दुई पैसाको कौडिमा।
भोलि तिमीहरू पनि घोप्टो मुन्टो पारि मुन्टिन्छौ कुन भौडिमा।।
आजै सोच रास्ट्रघाति दलालहरु हो किन बेच्दै छौ आफ्नो देश।
सबै लाई हेक्का रहोस् त्यस्तो काम गरे हुदैन कहिल्यै बेस।।
कबिता ढकाल दहाल मेची -६ झापा