जीवन एउटा यात्रा हो भन्ने कुनै भावना र कविता वा मुक्तकमा लेखिने सब्दहरु मात्र होईनन्, यो त यथार्थ जीवनको परिदृश्य हो। सामान्यतया जीवनरुपी यात्राहरु लाई गन्तव्यहिन भनिए पनि सदा निश्चित गन्तब्य संगै गुडिरहेका हुन्छन्।जीवनमा हरेक मान्छेका आ-आफ्ना उत्साहित गन्तब्यहरू ,बाध्यात्मक गन्तब्यहरू र दुखद गन्तब्यहरू रहेका हुन्छन् ।भने ति मध्ये कतिपय आफैले कोरिएका र कतिपय समयले कोरेका गन्तब्य हुन्छन् आफैले कोरिएका, खोजिएका गन्तब्य रोक्न परिमार्जन गर्न सकिएला तर समयले कोरेका, तोकिएका गन्तब्यहरू हामीले पार गर्नै पर्छ यो नै जीवनको यात्रा हो।
मेरो आफ्नो जिवनरुपी यात्रामा जब मैले आफ्नो उच्च शिक्षा हासिल गर्न घर छोडेर हिडे त्यहाँ बाट मेरो यात्र सुरु भएको थियो आज ४० बर्ष पुग्न थाल्यो तर यात्रा पनि निरन्तर जारि छ पढने सिलसिलाका यात्राहरु जागिर खाने सिलसिलाका यात्रहरू तथा बिदेशिने रहरले गन्तब्य कोरिएर हिडेका यात्राहरू अझै पनि निरन्तर छन् ।करिब ११ बर्ष अघि अमेरिकाको एरिजोना राज्यको फिनिक्स सहर बाट सुरु भएको अमेरिकी यात्रा १० सम्म न्यूयोर्क कै सेरोफेरोमा रह्यो। लामो बसाई न्यूयोर्क मा बसेपनि रोड ट्रिप होस वा भेकेसन टुर होस् अमेरिकाका ५० राज्य मध्य करिब २५ भन्दा बढि राज्य यात्र गरि सकिएको छ तर यात्रा अझै निरन्तर छ।
अहिले मैले अमेरिकाको एउटा निश्चित स्थानको यात्राको सन्दर्भको बारेमा केहि लेख्न खोजिरको छु। न्यूयोर्कमा बस्दै गर्दा मेरो कान्छो छोराले कम्पुटर साईन्समा चार बर्षको अध्यन, अन्डर ग्र्याजुयट यसै बर्ष पुरा गर्यो र अध्यन पुरा गर्नु पूर्वनै काम खोज्न सकिने हुदा न्यूयोर्कको सेरोफेरोमै काम खोजिरहेको थियो तर परिस्थितिले उस्लाई अमेरिकाको प्रतिष्ठित कम्पनि आईविएम९क्ष्द्यः० ले हामीले सोचे भन्दा फरक ठाउँ अमेरिकाकै टेक्सास राज्यको ह्युस्टन शहरमा गत बर्षको डिसेम्बरमै अफर गरेको थियो। प्रारम्भिक चरणमा राम्रो अफर गरेको र कम्पनि पनि ख्यातिप्राप्त तथा ठुलो भएकोले सबै साथी भाई ईष्टमित्रको सल्लाह सुझावलाई मनन् गर्दै छोराले त्यो अफरलाई स्विकार गरेको थियो। यसरि अगस्थ २०२० मा हाम्रो अर्को गन्तव्य अमेरिकाको टेक्सास राज्यको ह्युस्टर्न शहर हुन गएको थियो।
यसै बिच अमेरिकामा मार्च २०२० देखि कोरोना महामारी सुरुभयो न्यूयोर्क शहर विश्वकै ईपिक सेन्टर बन्यो हामी डर संन्त्रासले करिब पाँच महिना घरमै बस्न बाध्य भयौ। जुनमहिना पछि क्रमश न्यूयोर्क शहर कोरोना संक्रमण कम हुन थाल्यो र डर, त्रास भय पनि कम हुदै गएको थियो तर हाम्रो संभावित गन्तब्य टेक्सास राज्यमा कोरोनाको संक्रमण बढने क्रम सुरु भएको थियो। हाम्रो पुर्र्व निर्धारित यात्रा पुरा गर्नु नै थियो। हामी न्यूयोर्क देखि ह्युस्टन सम्मको यात्रालाई स्मरणिय यात्रा बनाउन खोजिरहेका थियौ। यसै बिच हामी बाउ छोरा दुई जनाले हाम्रो यात्रालाई रोड ट्रिपकैरुपमा तय गर्ने निश्चय गर्यौ र अमेरिकाका पुर्बि क्षेत्रमा रहेका राज्यहरुको छोटो भ्रमण गर्दै जाने निधो गरि पाँच दिनको यात्रा तालिका समेत तयार गर्यौ। अगस्थ १४, २०२० मा न्यूयोर्क बाट सुरु भएको हाम्रो यात्रा न्यूजर्सि, पेन्सेल्भानिया, डिलावेर, मेरिल्यान्ड, वासिंगटन डिसि, वेस्ट भर्जिनिया, ओहायो, भर्जिनिया, नर्थ क्यारोलिना, साउथ क्यारोलिना, जर्जिया, अल्बामा, मिसिसिपि, लुजियाना हुदै पाँचौ दिन अर्थात १८ अगस्तमा हामी टेक्सास पुगेका थियौ।
गन्तब्यको प्रथम दिन हामीले अमेरिकाको राजधानी वासिंगटन डिसि थियो। १४ अगस्थ बिहान करिब ११ बजे न्यूयोर्कलाई बिदाई गर्दै दिउसो करिब ३ बजे हामी मेरिल्यान्डको क्लार्क्सबर्ग सिटी स्थित बहिनीको घरमा पुगेका थियौ त्यहाँ केहिबेर विश्राम गरि बेलुका हामी वासिंगटन डिसि स्थित आफ्नै भतिजी कहाँ बास बस्न पुगेका थियौ। यस अघाडी नै धेरै पटक डिसी घुमि सकेकोले खासै हेर्नु घुम्नु पर्नुे त केहि थिएन तैपनि सानो शहर ठुलो नाम भएकोले बेलुकानै केहि बेर शहर घुमेका थियौ।
बास्तबमा वासिंगटन डिसि अमेरिकाको केन्द्रिय राजधानी हो र यस्को नामाकरण सन १६ जुलाई, १७९० मा अमेरिकाका प्रथम राष्ट्रपती जर्ज वासिंगटनको नामबाट भएको थियो। ४ जुलाई १७७६ अमेरिका स्वतन्त्र हुदा जम्मा १३ राज्य थिए र अगस्त २१, १९५९ मा हवाई राज्य अमेरीका संग जोडिए पछि जम्मा ५० राज्य भएका हुन। सेप्टेमबर १७, १७८७ फिलाडेल्फिया सम्मेलनले संयुक्त राज्य अमेरिकाको संविधान पास गरेको थियो। वासिंगटन डिसिलाई नोभेम्बर १७, १८०० मा अमेरिका को राजधानी घोषणा गरिएको थियो। यस पुर्ब ४ मार्च, १७८९ देखि ५ डिसेम्बर, १७९० सम्म अमेरिकाको राष्ट्रिय राजधानी न्यूयोर्क शहरमा थियो भने ६ डिसेम्बर, १७९० देखि १४ मे, १८०० सम्म फिलाडेल्फियामा रहेको थियो। अमेरिकाको कुनै पनि राज्य शासित नभएको डिसि केन्द्रशासित स्वतन्त्र शहरको रुपमा रहेको छ। ६८।३४ स्वाएर माईल क्षेत्रफल रहेको यो शहर मा सन २०१९ का अनुमान अनुसार ७ लाख ५ हजार जनसंख्सा रहेको छ। अमेरिकामा सबै भन्दा बढि मानिस भिजिट गर्ने यस शहरमा बर्सेनि करिब २० मिलियन पर्यटकले भ्रमण गर्ने गर्छन् ।यहाँका महत्वपुर्ण गन्तव्य हरुमा रास्ट्रपती भवन, क्यापिटोल भवन, कार्यकारि भवनहरु, लिंकन स्मारक, वासिंगटन स्मारक,थोमस ज्याफर्सन स्मारक, स्मिथसोनियन ईन्स्टिच्युट अबस्थित स्पेस म्युजियम तथा अन्य म्यूजियमहरू तथा ग्यालरिहरू यहाँका आकर्षक पर्यटकिय गन्तव्य रहेका छन् ।अमेरिकामा रहेका बिभिन्न देशका राजदुताबासहरू समेत यसै क्षेत्रमा अबस्थित रहेका छन् ।
न्यूयोर्क आए देखि वेस्ट भर्जिनिया राज्य स्थित न्यू वृंदाबन जाने चाहना भए पनि अनुकुलता परेको थिएन यस पटक हामीले यात्राको दोश्रो दिनको गन्तब्य न्यू वृंदाबन राखेका थियौ। हामी १५ अगस्तको करिब बिहान १०स्३० बजे डिसि बाट हिडेर २७५ माईलको यात्रा तय गरि करिब ४ बजे हामी वेस्ट भर्जिनिया स्थित न्यू वृंदाबन पुगेका थियौ। पहाडि क्षेत्र घुमाउरो साघुरो बाटो र छिटफुट वर्षाद भए पनि करिब ५ घन्टाको हाम्रो यात्रा रमणिय नै थियो। हाम्रो बासस्थान मन्दिरकै क्षेत्र भित्र रहेको होटलमै थियो। हामी होटलमा पुगेर छोटो बिश्राम लिई सके पछि हामी बाहिर अबलोकनमा जाँदा साच्चै नै एउटा आनन्दमय शान्ती प्राप्त गर्ने ठाउँको अनुभुती भएको थियो। एउटा पहाडको टाकुरोमा अबस्थित चारैतिर सुन्दर फुलहरु शुसज्जित अन्तराष्ट्रिय कृष्ण प्रणामी समाजका संसस्थापक अध्यक्ष स्वामी प्रभुपादको “स्वर्ण दरबार” ९एचबदजगउबमब’क एबबिअभ या न्यमि ० अमेरिकामा हिन्दुहरूको एउटा गौरव गर्ने लाएक पबित्र तथा ऐतिहासिक दरबार रहेको छ । सन् १९६८ मा ए।सि। भक्तीवेदान्त स्वामी प्रभुपादकै प्रत्यक्ष सुपरिव्यक्षणमा निर्माण गरिएको उक्त दरवारका भित्तहरुमा सुनको जलप लगाईएको छ भने बहुमुल्य पत्थर, मार्बलहरू समेत जडान गरिएको छ। सारै मनमोहक र आकर्षक देखिने उत्त पबित्र ऐेतिहासिक स्वर्ण दरबार सम्भब भए सम्म अमेरिकामा बस्ने हिन्दुहरूले एकपटक भ्रमण गर्नै पर्ने स्थान रहेछ।
स्वर्ण दरबारको केहि तल कृष्ण मन्दिर रहेको छ जहाँ हरेक दिन पुजा आरती हुने रहेछ नजिक मै रहेका स्वान लेक, गौसाला, योगा केन्द्र, रोज गार्डेन, मयुर नाच र बिभिन्न स्ट्याचुहरु त्यहाँका थप आकर्षक रहेछन् ।प्रसंगबस हामी कृष्ण जन्माष्टमिकै सप्तान्तको शनिबार त्यहाँ पुगेकोले स्वानलेक महोत्सब र कृष्ण जन्माष्टमी बिशेष पुजा तथा आतिस बाजी हेर्ने अबसर पनि मिल्यो त्यो हाम्रो लागी सारै उत्साह पुर्ण सुखद यूत्रानुभती अनुभुती थियो।
वास्तममा न्यू वृंदाबन वेस्ट भर्जिनियाको मार्शल काउन्टीमा माउन्डस्भिल शहर नजिक १२०४ एकड भुमिमा फैलिएको रहेँछ। अप्पलाचियन पर्वतको ११७५ फिटको उचाईमा रहेको उक्त स्थानमा अहिले के कति बसोबास रहेका छन भन्ने जानकारी हुन नसके तापनि सन २०१०को जनगणना अनुसार ३५२ जना रहेको देखिन्छ। फेदिमा घुम्दै बगेको व्हीलिंग खोलाले पनि त्यहाँको सौन्दर्यलाई बढाएको देखिन्छ्।
न्यू वृंदाबनमा रहेको स्वर्ण दरबारलाई ‘अमेरिकाको ताजमहल’ भनेर पनि चिनिने रहेछ। यसरि हामीले न्यू वृंदाबनको करिब १६ घन्टाको समय आनन्दमय अनुभुतीका साथ बिताएका थियौ ।
तेश्रो दिन अर्थात १६ अगस्थ, गन्तब्यको तेश्रो दिन, हामी बिहान करिब ८स्०० त्यहाँ बाट ओहाय राज्यको बाटो हुदै करिब ४३८ माईल टाडाँ रहेको नर्थ क्यारेलिनाको सबै भन्दा ठुलो शहर शर्लोट शहर तरफ हिडेका थियौ। करिब ७ घन्टाको ड्राईभ रहेको उक्त स्थानमा राजमार्ग नजिक रहेका केहि सिनिक भ्यूहरु हेर्दै हामी बेलुकिको करिब ४ बजे पुगेका थियौ। नजिका रहेको अर्को राज्य साउथ क्यारोलिनाको छोटो भ्रमण पछि हामी शर्लोट शहरकै अबलोकन गरेका थियौ र रातीको बास त्यहिँ बसेका थियौ।
हावापानीको र बसोबासको हिसाबले नर्थ क्यारेलिना अमेरिकाको उपयुक्त ठाउँहरु मध्ये एउटा मानिन्छ भने यस राज्यमा बिभिन्न उद्योग कलकारखाना, बैंकिग कर्पोरेसन तथा आईटिका ठुला ठुला कम्पनिहरू रहेका छन् भने नेपालीहरुको पनि राम्रो बसोबास यसक्षेत्रमा रहेको छ। यस राज्यकै ठुलो र चहल पहल हुने शहर हो सर्लोट। समुन्द्रको सतह देखि ७६१ फिटको उचाईमा रहेको सर्लोट शहर अमेरिकाकै १५ औ र नर्थ क्यारेलिनाको सबैभन्दा ठुलो शाहर मानिन्छ। सन २०१९ को अनुमान अनुसार यस शहरको जनसंख्या करिब ८ लाख ८७ हजार रहेको देखिन्छ भने यहाँको क्षेत्रफल ३०९।२५ स्वायर माईल रहेको छ। बैक अफ अमेरिका, वेल्सफार्गो पुर्बि क्षेत्र लगाएत केहि ठुला बैंकिग कर्पोरेसनहरुको हेड क्वाटर रहेको सर्लोट शहर अमेरिकाकै न्यूयोर्क पछिको सबै भन्दा ठुलो बैंकिग सेन्टरको रुपमा समेत रहेको छ। यस शहर अमेरिकाकै तिब्र गतिमा बिकास अघाडी बढेका शहरहरु मध्येको एउटा शहरको रुपमा रहेको छ । कारीवाईन्डस, नेश्नल ह्वाईट वाटर सेन्टर, नास्कर हल, एभियसन, साईन्स र आधुनिक आर्ट का म्युजियमहरु, बेटानिकल गार्डेन, फ्रिडम पार्क तथा विली ग्राहम लाईब्रेरी यहाँका आकर्षक पर्यटकिय गन्तव्यहरू रहेका छन।
यात्राको चौथौ दिन अर्थात १७ अगस्तको बासस्थान हामिले लुजियाना राज्यको सबै भन्दा ठुलो ऐतिहासिक तथा पर्यटकिय आकर्षक गन्तव्य न्यअर्लिन निर्धारण गरेका थियौ तर कोरोनाको महामारि को कारण आफ्नो गन्तव्यलाई परिवर्तन गरि सर्लोट शहर देखि करिब ६५० माईल तथा ९ घन्टाको ड्राईभको दुरिमा रहेको मिसिसिपि राज्यको राजधानी जयाक्सन शहर रोजेका थियौ। बिहान करिब साडे ७ बजे हाम्रो आजको यात्रा सुरु भएको थियौ। हामी बिहानको २४५ माईल को करिब साडे ३ घन्टाको यात्रा तय गरे पछि अमेरिकाको दक्षिण पुर्बी क्षेत्रको ठुलो शहरहरु मध्यको एक तथा जर्जिया राज्यको राजधानी एटलान्टा शहर पुगेका थियौ।
एटलान्टा शहर अमेरिकाको दक्षिण पुर्बी क्षेत्रको पर्टकिय गन्तव्य मध्यको एउटा गन्तव्य मानिन्छ।यहाँ श्वेत बर्णका अमेरिकन भन्दा अश्वेत बर्णका अमेरिकन जातीहरुको बाहुल्यता रहेको छ भने अमेरिकन मानव अधिकारवादी नेता मार्टिन लुथर किंग जुनियरको जन्म स्थान पनि हो। मार्टिन लुथर किंग जुनियर ति व्यक्ती हुन जस्ले अमेरिकामा काला र गोराजातीका बिच रहेको रंगभेद बिरुद्ध लडेर समान मानव अधिकारलाई स्थापित गराएका थिए।एटलान्टा समेत अमेरिकाकै तिब्र गतीमा बिकास हुदै गरेका शहरहरू मध्ये एउटा शहर रहेछ। यहाँ रहेका बोटानिकल गार्डेन, जर्जिया अक्वारियम, कोका कोला म्युजियम लगाए अन्य म्युजियमहरू, ग्यालरीहरू,ओलम्पिक पार्क, मार्टिन लुथर किंग ऐतिहासिक पार्क तथा एटलान्टा जु यहाँका आकर्षक पर्यटकिय गन्तव्यक रुपमा रहेका छन् ।छोटो बिश्राममा यि सब हेर्ने अबस्था त थिएन तर पनि शहरलाई छिचोलेर जादाँ यहाँको बारेमा केहि जान्ने र बुझ्ने अबसर भने अबस्य मिलेको थियो।
अन्ततस् एटलान्टा पछि अमेरिकाकै दक्षिणी क्षेत्रमा रहेको राज्य अल्बामालाई हाईवेबाट नियाल्दै थप साडे ६ घन्टामा ४०५ माईल यात्रा तय गरि स्थानिय समय अनुसार बेलुका करिब ५ बजे मिसिसिपि राज्यको राजधानि शहर ज्याक्सन पुगेका थियौ। आफु पुगेको ठाउँको बारे जानकारि राख्ने मेरो सौख को कारण त्यहिँ नजिक पर्ल सिटिमा रहेको सुन्दर रोस बर्नेट रिजर्भ्वाएर हेर्ने अबसर मिल्यो। शहरकोलागी खाने पानीको व्यबस्थामनको लागी पर्ल नदिलाई थुनेर बनाईएको यो रिजर्भ्वाएर ३३ हजार एकडमा फैलिएको बिशाल लेक रहेछ। लेकको छेउमा रहेको आकर्षक लेक सोर पार्कमा केहि बेर आनन्द लिदै नेपालको तराईको जस्तै अनुभुती हुने स्थानिय शहर लाई दृश्याबलोकन गर्दै हामी आफ्नो बासस्थान तर्फ लागेका थियौ।अमेरिका
बिनोद पोख्रेल,हाल: ह्युस्टन टेक्सास