कन्चनपुर भाद्र ३१ । यतिबेला कोरोना महामारी चलेको छ । सबै विद्यालय विश्वविद्यालय बन्द भएका छन् । तर, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले भने अनलाईन परीक्षाको नाममा विद्यार्थी लुट्न थालेको छ । दुर्गम पहाडी भेग र ग्रामीण भेगका विद्यार्थीहरू घर गएका छन् । तर, प्रर्याप्त तयारीबिनै सुदुरपश्सिम विश्वविद्यालयले एक्कासी अनलाई कक्षा र परीक्षा लिने निर्णय ग¥योको छ । त्यसबाट विद्यार्थी झस्किएका छन् । कोरोनाले आर्थिक चपेटामा परेका बेला विद्यार्थीहरूबाट अनलाईन कक्षा लिईरहेको विश्वविद्यालयले विद्यार्थीलाई लुट्ने उद्देश्यले कक्षा सन्चालन गर्न खोजेको छ ।
‘अहिले कोरोना महामारी चलेको छ, ‘एक विद्यार्थीले भने, ‘अनलाईन कक्षा र परीक्षाका नाममा विद्यार्थीलाई लुट्ने र भत्ता पचाउन पदाधिकारी तत्पर रहेको बताए ।’ आफ्नो भुडि भर्न र विद्यार्थीको पिरमर्का नबुझेर अनलाईन कक्षा र परीक्षा भन्दै विद्यार्थीमा त्रास उत्पन्न गराएको विद्यार्थीले दुखेसो पोखेका छन् । विद्यार्थीको पहुँचमा नेट नभएको अवस्थामा विश्वविद्यालयले यहीमौका छोपेर पैशाबाट पैशा अशुल्ने र अर्कातिर केही विद्यार्थीको भविष्य चौपट बनाउन सकृय रहेको पाईन्छ । ‘गाँउमा न नेट छ, न बैंक कसरी पैशा हाल्ने बझाङ्गका एक विद्यार्थीले भने, ‘विश्वविद्यालय विद्यार्थीबाट रकम उठानकै लागि अनलाईनको बहानाबाजी गर्देै आफ्नो दुनो सोज्याउन लागेको छ ।’
कतिपय विद्यार्थीलाई प्राविधिक कठिनाई भईरहेको र त्यसमा विश्वविद्यालयले मितव्ययी गर्नुको साटो विद्यार्थीलाई मारमा राखिरहेको छ । विद्यार्थीबाट परीक्षा र अभ्यास शुल्क भन्दै ८ सयका दरले बैंक दाखिला गर्न दवाव दिएपछि विद्यार्थी अन्यौलमा परेका छन् । तर, विश्वविद्यालयले भने विद्यार्थीकै भलोका लागि परीक्षा र कक्षा संचालनमा जोडदिएको बताएको छ । सुस्प विश्वविद्यालय परीक्षा नियन्त्रक देवसिह नाथले स्वभाविक रुपमा विद्यार्थीको भविष्यकै लागि विश्वविद्यालयले अनलाईन कक्षा र परीक्षाको तयारी थालेको बताए ।