भदौ ३१ काठमाण्डौं । बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिकाले बल्खु तरकारी बजार अनुगमन गर्ने क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेचेको भेटिए पछि उनलाई नियन्त्रणमा लिईएको हो । त्यस्तै दुई वटा पसलमा रहेको प्याज पनि सिल गरेर राखिएको छ ।
यस्तै अन्य ६ जना व्यापारीलाई विभागमा आउन सूचना जारी गरिएको छ ।
भारतले प्याज निर्यात रोके लगत्तै त्यस अघि नै ल्याईएको प्याज एक्कासी तीन गुणा सम्म महंगोमा व्यापारीले बेच्न थालेका थिए ।
अनुगमनमा जाँदा प्याजको थोक मूल्य प्रतिकिलो ५७ देखि ९० र खुद्रा मूल्य एक सयदेखि १ सय १० सम्म लिएको उजुरी आएपछि विभागले ३ वटा खुद्रा पसल र तीन वटा थोक पसलका व्यापारीलाई कागज पत्रसहित विभागमा आउन आदेश दिएको छ।
‘